Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

यस्तो छ तपाइको आजको राशिफल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र २१, २०८१
|
|
४२ पटक हेरिएको
Shares
यस्तो छ तपाइको आजको राशिफल

सारांश

  • दक्षिणको लामो यात्रा नजानु राम्रो हुनेछ।
  • खानेकुरामा अरुची हुँदा स्वास्थ्यमा समस्या थपिनेछ।
  • न्यायपूर्वक गरेको पुरानो लगानीबाट आम्दानी बढ्नेछ।

 

मेष : शिक्षामा गरेको लगानीबाट उत्साह बढ्नेछ। दक्षिणको लामो यात्रा नजानु राम्रो हुनेछ। खानेकुरामा अरुची हुँदा स्वास्थ्यमा समस्या थपिनेछ। न्यायपूर्वक गरेको पुरानो लगानीबाट आम्दानी बढ्नेछ। पारिवारमा प्रेम बढ्नेछ।

वृष : राजनीतिमा झुकाब रहनाले तपाईंको स्थान सुरक्षित रहने दिन छ। बौद्धिक क्षेत्रमा मानसम्मान मिल्नेछ। पारिवारिक सम्बन्ध सुधार हुनेछ। सामाजिक काममा भने आलोचना बढ्नेछ। ।

मिथुन : नयाँ कामको थालनी हुने योग छ। मनमा उत्साह र उमङ्ग बढ्नेछ। अधुुरा काम बन्नेछन्। स्वास्थ्यमा समस्या देखिने भएकाले खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ। पारिवारमा भने मनमुटाव हुनेछ।

कर्कट : आम्दानी बढ्नेछ। स्वदेशमा भन्दा विदेशमा मन जानेछ। आलोचना हुने दिन छ। पारिवारिक साथ सहयोग मिल्नेछ। बिहानै पन्छीलाई खानेकुरा दिए दिन सहज हुनेछ।

सिंह : नाम र दाम जुट्ने दिन छ। बोल्नु अगाडि सोच्नु राम्रो हुनेछ। तपाईं कुरा काट्नेहरु सक्रिय भएकाले व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ। इच्छा अनुसारको काम नहुँदा दोधार बढ्नेछ। आफैले निर्णय गरेर कामबाट सफलता मिल्नेछ।

कन्या : आफूले गरेको श्रम लगानीबाट मनमा शान्ति मिल्नेछ। घरमा पाहुनाको आगमन बढ्नेछ। धार्मिक व्यक्तिसँग अन्तरक्रिया हुनेछ। आफन्तसँगको भेटमा मन प्रशन्न हुनेछ। परिवारमा मेलमिलाप हुनेछ।

तुला : अनुत्पादक क्षेत्रमा गरेको लगानीले मनमा पीडा हुनेछ। आफ्नो निजी काममाभन्दा समाजसेवामा समय बित्नेछ। समाजसेवामा सक्रिय बन्दा परिवारमा टकराब हुनेछ। बौद्धिक कला र संस्कृतिको क्षेत्रमा तपाईंको सम्मान बढ्नेछ।

वृश्चिक : कर्मस्थानमा बलिया ग्रहको उपस्थिति भएकाले अप्ठेरो काम अरुबाट समाधान हुनेछन्। आफ्ना ऐच्छिक कामबाट नाम, दाम र सम्मान हुँदाहुँदै मनमा अनावश्यक चिन्ता बढ्नेछ। शनिदेवको शान्तिका लागि गणेशको चिन्तन गर्नु राम्रो हुनेछ।

धनु : तपाईंका विरुद्ध संगठित साथीहरु आज आफै विभाजित हुनेछन्। जसले गर्दा तपाईंलाई कसैले अवरोध गर्न नसक्ने देखिन्छ। स्वास्थ्यमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा राम्रो वातावरण हुँदा मन शान्त हुनेछ।

मकर : तपाईंले आज निजी काममा बाधा र विरोधको सामना गर्नुपर्ने हुनसक्छ। सञ्चित धन खर्च हुने योग छ। मन अशान्त रहे पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट उत्साह मिल्नेछ। परिवारमा हरेक काममा मेहनत गर्नुपर्ने दिन छ।

कुम्भ : मध्यसाढेसाती शनिदेवको प्रभावले मन अशान्त बन्नेछ। व्यवहारिक बोझले सताउने योग छ। जन्मकुण्डलीमा शनि लग्नबाट ३, ६ र ११ औं स्थानमा बसेमा ठुलो प्रगति हुनेछ। परिवारको वातावरण भने शान्त बन्नेछ।

मीन : मान र सम्मानमा वृद्धि हुनेछ। सेवामूलक कार्यमा मन रमाउने छ। सञ्चित धन खर्च गर्नुपर्ने काम आइलाग्नेछ। परिवारले भने अप्ठेरोमा साथ र सहयोग गर्नेछन्। बिहान गणेश भगवानको भजन सुनेमा दिन सहज बन्नेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

जन्मकुण्डली र हस्तरेखामा आधारित भविष्यवाणी र वास्तुसम्बन्धी परामर्श प्रदान गर्दै आउनुभयेका प्रसिद्ध ज्योतिष गुरु बिबेक पाण्डेयलाई ९८१२००५३७८ मा सम्पर्क गर्न सक्नुहुनेछ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभ बैठक आज बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभ बैठक आज बस्दै, यस्तो छ कार्यसूची
गौर प्रादेशिक अस्पतालमा अख्तियारको छापा
गौर प्रादेशिक अस्पतालमा अख्तियारको छापा
एमालेको ‘नेशनल युथ भोलेन्टियर फोर्स’ गठन, कमाण्डरमा पुष्पराज श्रेष्ठ
एमालेको ‘नेशनल युथ भोलेन्टियर फोर्स’ गठन, कमाण्डरमा पुष्पराज श्रेष्ठ
कानूनमन्त्रीलाई सांसद चन्दको प्रश्नः ०८४ को चुनावमा ३३ प्रतिशत महिला उम्मेदवारी दिन पाउँछन् कि पाउँदैनन् ?
कानूनमन्त्रीलाई सांसद चन्दको प्रश्नः ०८४ को चुनावमा ३३ प्रतिशत महिला उम्मेदवारी दिन पाउँछन् कि पाउँदैनन् ?
कर्णालीका आयोजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिन्छ : मन्त्री यादव
कर्णालीका आयोजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिन्छ : मन्त्री यादव
बागमती र कर्णालीमा भारी वर्षा, तराईमा हावाहुरीको सम्भावना
बागमती र कर्णालीमा भारी वर्षा, तराईमा हावाहुरीको सम्भावना
मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले लिए पद तथा गोपनीयताको शपथ
मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले लिए पद तथा गोपनीयताको शपथ
संविधानलाई भाषणमा होइन, नागरिकको जीवनमा उतार्ने सङ्कल्प गरौँ : राष्ट्रपति 
संविधानलाई भाषणमा होइन, नागरिकको जीवनमा उतार्ने सङ्कल्प गरौँ : राष्ट्रपति 
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
उपप्रधानमन्त्री सिंह र इजरायलका राजदूतबीच भेटवार्ता
उपप्रधानमन्त्री सिंह र इजरायलका राजदूतबीच भेटवार्ता