बाल यौन दुराचार आरोपमा एक शिक्षक पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र १९, २०८१
|
|
२० पटक हेरिएको
Shares
बाल यौन दुराचार आरोपमा एक  शिक्षक पक्राउ

सारांश

  • भारतको दार्जीलिङ घर भई २ वर्षदेखि लमजुङको बेंसीसहर नगरपालिकास्थित एक निजी विद्यालयमा पढाउँदै आएका ३६ वर्षीय मनीष गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
  • जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईंका अनुसार गुरुङविरुद्ध ९ वर्षीया बालिकालाई यौन दुराचार आरोपमा पक्राउ गरी मुद्दा अघि बढाएको छ ।
  • गुरुङलाई बुधबार जिल्ला अदालतमा ७ दिनको म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाएको हो ।

१९ भदौ , लमजुङ — बाल यौन दुराचार गरेको आरोपमा लमजुङ प्रहरीले एकजना शिक्षकलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।भारतको दार्जीलिङ घर भई २ वर्षदेखि लमजुङको बेंसीसहर नगरपालिकास्थित एक निजी विद्यालयमा पढाउँदै आएका ३६ वर्षीय मनीष गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईंका अनुसार गुरुङविरुद्ध ९ वर्षीया बालिकालाई यौन दुराचार आरोपमा पक्राउ गरी मुद्दा अघि बढाएको छ । गुरुङलाई बुधबार जिल्ला अदालतमा ७ दिनको म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाएको हो । प्रहरीका अनुसार ती शिक्षकले सोमबार बिहान आफ्नै कोठामा बोलाएर ती बालिकामाथि यौन दुराचार गरेको आरोप लागेको छ । ‘बालिका पढ्न कमजोर भएको भन्दै पढ्नका लागि आइतबार नै शिक्षकले कोठामा बोलाएछन् ।सोमबार बिहान पनि बोलाएछन् । त्यतिबेला अवान्छित गतिविधि भएछ,’ प्रहरीले भन्यो । बाटोसम्म अभिभावकले पुर्‍याएर शिक्षकको कोठामा गएका बालिकाले घरमा फर्केर शिक्षकले गरेको गतिविधिबारे जानकारी गराएपछि अभिभावकले सोमबार प्रहरीमा उजुरी दिएका थिए । उजुरीपछि ती शिक्षकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार ती शिक्षकले बालिकामाथि गरेको क्रियाकलाप स्वीकार गरेका छन् ।https://press4k.com/

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मकवानपुरको बागमती नदी किनारमा तीन जनाको शव फेला
मकवानपुरको बागमती नदी किनारमा तीन जनाको शव फेला
काठमाडौं विमानस्थलबाट आधा किलो सुनसहित एक जना पक्राउ
काठमाडौं विमानस्थलबाट आधा किलो सुनसहित एक जना पक्राउ
एनसेलविरुद्ध अमरेशको रिट न्यायाधीश राउतको इजलासमा, आज सुनुवाइ हुने निश्चित
एनसेलविरुद्ध अमरेशको रिट न्यायाधीश राउतको इजलासमा, आज सुनुवाइ हुने निश्चित
सेयर बजारमा पेन्सन कोष र गैरआवासीय नेपालीको सहभागिता गराइने
सेयर बजारमा पेन्सन कोष र गैरआवासीय नेपालीको सहभागिता गराइने
२८ सय बिन्दुमाथि एकदिन पनि टिक्न सकेन नेप्से, कारोबार रकम भने बढ्यो
२८ सय बिन्दुमाथि एकदिन पनि टिक्न सकेन नेप्से, कारोबार रकम भने बढ्यो
प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकाममा जनप्रदर्शनका कार्यक्रम गर्दै
प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकाममा जनप्रदर्शनका कार्यक्रम गर्दै
मानव बेचबिखनमा संलग्न दुई जनालाई
मानव बेचबिखनमा संलग्न दुई जनालाई
मालपोत कार्यालय महोत्तरीका खरिदार र लेखनदास ३५ हजार घुससहित पक्राउ
मालपोत कार्यालय महोत्तरीका खरिदार र लेखनदास ३५ हजार घुससहित पक्राउ
प्रत्यक्षतर्फ ३० जिल्लाका ३९ लाख ९८ हजार मतपत्र छापियो
प्रत्यक्षतर्फ ३० जिल्लाका ३९ लाख ९८ हजार मतपत्र छापियो
भूकम्पमा परेर घाइतेको उपचारमा कमी हुन दिँदैनौं : स्वास्थ्य मन्त्री बस्नेत
भूकम्पमा परेर घाइतेको उपचारमा कमी हुन दिँदैनौं : स्वास्थ्य मन्त्री बस्नेत