सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

बाल यौन दुराचार आरोपमा एक शिक्षक पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र १९, २०८१
|
|
३६ पटक हेरिएको
Shares
बाल यौन दुराचार आरोपमा एक  शिक्षक पक्राउ

सारांश

  • भारतको दार्जीलिङ घर भई २ वर्षदेखि लमजुङको बेंसीसहर नगरपालिकास्थित एक निजी विद्यालयमा पढाउँदै आएका ३६ वर्षीय मनीष गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
  • जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईंका अनुसार गुरुङविरुद्ध ९ वर्षीया बालिकालाई यौन दुराचार आरोपमा पक्राउ गरी मुद्दा अघि बढाएको छ ।
  • गुरुङलाई बुधबार जिल्ला अदालतमा ७ दिनको म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाएको हो ।

 

१९ भदौ , लमजुङ — बाल यौन दुराचार गरेको आरोपमा लमजुङ प्रहरीले एकजना शिक्षकलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।भारतको दार्जीलिङ घर भई २ वर्षदेखि लमजुङको बेंसीसहर नगरपालिकास्थित एक निजी विद्यालयमा पढाउँदै आएका ३६ वर्षीय मनीष गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईंका अनुसार गुरुङविरुद्ध ९ वर्षीया बालिकालाई यौन दुराचार आरोपमा पक्राउ गरी मुद्दा अघि बढाएको छ । गुरुङलाई बुधबार जिल्ला अदालतमा ७ दिनको म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाएको हो । प्रहरीका अनुसार ती शिक्षकले सोमबार बिहान आफ्नै कोठामा बोलाएर ती बालिकामाथि यौन दुराचार गरेको आरोप लागेको छ । ‘बालिका पढ्न कमजोर भएको भन्दै पढ्नका लागि आइतबार नै शिक्षकले कोठामा बोलाएछन् ।सोमबार बिहान पनि बोलाएछन् । त्यतिबेला अवान्छित गतिविधि भएछ,’ प्रहरीले भन्यो । बाटोसम्म अभिभावकले पुर्‍याएर शिक्षकको कोठामा गएका बालिकाले घरमा फर्केर शिक्षकले गरेको गतिविधिबारे जानकारी गराएपछि अभिभावकले सोमबार प्रहरीमा उजुरी दिएका थिए । उजुरीपछि ती शिक्षकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार ती शिक्षकले बालिकामाथि गरेको क्रियाकलाप स्वीकार गरेका छन् ।https://press4k.com/

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभा बैठक बस्दै, विद्युत विधेयक पेस गरिने
प्रतिनिधिसभा बैठक बस्दै, विद्युत विधेयक पेस गरिने
निर्वाचनको तयारीमा आयोग, एआईको समेत अनुगमन हुने
निर्वाचनको तयारीमा आयोग, एआईको समेत अनुगमन हुने
परराष्ट्रमन्त्री आरजू भारत प्रस्थान
परराष्ट्रमन्त्री आरजू भारत प्रस्थान
हुम्लामा ८ वर्षमा सवारी दुर्घटनामा २४ जनाको मृत्यु, २७ घाइते
हुम्लामा ८ वर्षमा सवारी दुर्घटनामा २४ जनाको मृत्यु, २७ घाइते
प्रधानमन्त्री ओलीलाई बालेनको आग्रह : लिपुलेक हाम्रो हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला
प्रधानमन्त्री ओलीलाई बालेनको आग्रह : लिपुलेक हाम्रो हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला
अबको बाटो संकल्प र कार्यान्वयनको हो, कुराभन्दा काममा ध्यान दिऔं : देउवा
अबको बाटो संकल्प र कार्यान्वयनको हो, कुराभन्दा काममा ध्यान दिऔं : देउवा
राजावादी–गणतन्त्रवादी प्रदर्शन : काठमाडौंमा कति मान्छे उत्रिँदैछन् ? कस्तो छ सुरक्षा प्रबन्ध ?
राजावादी–गणतन्त्रवादी प्रदर्शन : काठमाडौंमा कति मान्छे उत्रिँदैछन् ? कस्तो छ सुरक्षा प्रबन्ध ?
हवाई साधनमार्फत २३ जनाको उद्धार
हवाई साधनमार्फत २३ जनाको उद्धार
चीनमा ह्युमनोइड रोबोटको छलाङ, माग बढ्दो
चीनमा ह्युमनोइड रोबोटको छलाङ, माग बढ्दो
रविको बयान सकियो, परिवार र वकिलको जिम्मामा छाडियो
रविको बयान सकियो, परिवार र वकिलको जिम्मामा छाडियो