सार्वजनिक स्थलमा राष्ट्रपति : पहिलो भ्रमण भक्तपुरको दरबार क्षेत्र

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र १४, २०८१
|
|
२३ पटक हेरिएको
Shares
सार्वजनिक स्थलमा राष्ट्रपति : पहिलो भ्रमण भक्तपुरको दरबार क्षेत्र

सारांश

  • प्रत्येक महिना सार्वजनिक स्थलमा पुग्ने अभियानअन्तर्गत ‘सार्वजनिक स्थलमा राष्ट्रपति’ कार्यक्रमको आज भक्तपुरबाट सुरुआत गर्दै उनले विश्वसम्पदा सूचीमा रहेको भक्तपुर दरबार क्षेत्रसहित तौमढीस्थित पाँचतले मन्दिर, आकाश भैरब क्षेत्रलगायतको अवलोकन गरेका थिए ।
  • राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेल आज बिहान ११ बजे भक्तपुर दरबार क्षेत्र पुगेर त्यस क्षेत्रमा झण्डै दुई घण्टा बिताएका थिए ।
  • राष्ट्रपति पौडेलले दरबार स्क्वायर, गोल्डेन गेट, सुनधारा, तलेजुको मूल चोक, कुमारी चोक, राष्ट्रियकला संग्रहालय, पचपन्न झ्याले दरबार, पशुपतिनाथ, यक्षश्वर महादेव मन्दिर, शिलु महादेव, केदारनाथ मन्दिर, पाँचतले मन्दिर, आकाश भैरब मन्दिरलगायत ऐतिहासिक सम्पदाको अवलोकन गरे ।

१४ भदौ , भक्तपुर — राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरको दरबारलगायतका ऐतिहासिक सम्पदाको अवलोकन गरेका छन् । प्रत्येक महिना सार्वजनिक स्थलमा पुग्ने अभियानअन्तर्गत ‘सार्वजनिक स्थलमा राष्ट्रपति’ कार्यक्रमको आज भक्तपुरबाट सुरुआत गर्दै उनले विश्वसम्पदा सूचीमा रहेको भक्तपुर दरबार क्षेत्रसहित तौमढीस्थित पाँचतले मन्दिर, आकाश भैरब क्षेत्रलगायतको अवलोकन गरेका थिए । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेल आज बिहान ११ बजे भक्तपुर दरबार क्षेत्र पुगेर त्यस क्षेत्रमा झण्डै दुई घण्टा बिताएका थिए । राष्ट्रपति पौडेलले दरबार स्क्वायर, गोल्डेन गेट, सुनधारा, तलेजुको मूल चोक, कुमारी चोक, राष्ट्रियकला संग्रहालय, पचपन्न झ्याले दरबार, पशुपतिनाथ, यक्षश्वर महादेव मन्दिर, शिलु महादेव, केदारनाथ मन्दिर, पाँचतले मन्दिर, आकाश भैरब मन्दिरलगायत ऐतिहासिक सम्पदाको अवलोकन गरे । साथै उनले तलेजुको प्रसाद पनि ग्रहण गरे ।उनले आकाश भैरब मन्दिरको अवलोकन, पूजा एवं दर्शन गरी प्रसाद ग्रहण गरेका थिए । राष्ट्रपति पौडेललाई भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले राष्ट्रपति पौडेललाई स्वागत गरेकी थिइन् साथै भक्तपुर नगरपालिकाका पर्यटन शहाखाका प्रमुख गौतमप्रसाद लासिवाले यहाँका सम्पदा क्षेत्रबारे विस्तुत जानकारी गराएका थिए । राष्ट्रपतिले अवलोकनका क्रममा आम नागरिकसँग कुराकानी गर्दै जनताको गुनासा सुनेका थिए । भक्तपुर दरबार स्क्वायर परिसरमा उनले विद्यार्थीसँग पनि कुराकानी गरेका थिए । त्यस अवसरमा उद्धव खड्काले २०७२ सालको भूकम्पले जीर्ण भइ टेकोका भरमा रहेको कला संग्रहालयदेखि अन्य सम्पदाको तत्काल पुनःनिर्माण गर्न पहल गरिदिन आग्रह गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिप बिल्डिङवाला सबैलाई ईपीएस परीक्षामा सामेल गराउन अदालतको आदेश
सिप बिल्डिङवाला सबैलाई ईपीएस परीक्षामा सामेल गराउन अदालतको आदेश
मधेश प्रदेशसभा बैठक तेस्रो दिन पनि अवरुद्ध- बजेट पुनर्लेखन गर्न माग
मधेश प्रदेशसभा बैठक तेस्रो दिन पनि अवरुद्ध- बजेट पुनर्लेखन गर्न माग
लेबनानमा इजरायली हवाई आक्रमणमा ३४ जनाको मृत्यु, ८० घाइते
लेबनानमा इजरायली हवाई आक्रमणमा ३४ जनाको मृत्यु, ८० घाइते
आज देशभर आंशिकदेखि साधारणतया बदली हुने
आज देशभर आंशिकदेखि साधारणतया बदली हुने
नेपाली सेना स्थापनाको २६२ औं वार्षिकोत्सबको अवसरमा राष्ट्रपति पौडेल टुँडिखेलमा
नेपाली सेना स्थापनाको २६२ औं वार्षिकोत्सबको अवसरमा राष्ट्रपति पौडेल टुँडिखेलमा
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
राष्ट्रपति पौडेलसँग अजरबैजानका उपविदेशमन्त्रीको शिष्टाचार भेट
राष्ट्रपति पौडेलसँग अजरबैजानका उपविदेशमन्त्रीको शिष्टाचार भेट
संघीय अस्पतालमा २ हजारभन्दा बढी जनशक्ति थप्ने स्वास्थ्य मन्त्रालयको तयारी
संघीय अस्पतालमा २ हजारभन्दा बढी जनशक्ति थप्ने स्वास्थ्य मन्त्रालयको तयारी
३० विगाह क्षेत्रफलमा लगाइएको गाँजा र अफिम खेती नष्ट
३० विगाह क्षेत्रफलमा लगाइएको गाँजा र अफिम खेती नष्ट