९ श्रावण २०८२, बिहीबार

पाँचथरमा भएको विस्फाेटमा दुई दाजुबहिनीको मृत्यु

 

१४ भदौ , झापा- पाँचथरको फालेलुङ गाउँपालिका- ५ प्राङवुङको डाँडागाउँ टोलमा हिजो भएको विस्फोटमा परी दुई दाजुबहिनीको मृत्यु भएको छ।उपचारका लागि झापातर्फ ल्याउने क्रममा स्थानीय दिलिप साँवाका अढाई वर्षीया छोरी प्रिन्सा र ११ वर्षीय छोरा दिप्सनको मृत्यु भएको हो।प्रिन्साको राति १० बजे इलाम पुर्‍याउँदा बाटोमै र दिप्सनको राति १ वजे बिएन्डसी अस्पताल, बिर्तामोड ल्याइपुर्‍याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाँचथरले जनाएको छ। हिँजो दिउँसो ३ बजे माओवादी कार्यकर्ता आइतराज केरुङ (आइबी) को घरमा बस्दै आएका ज्ञानबहादुर राईका १० वर्षीय छोरा पवन, स्थानीय दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सन र अढाई वर्षीया छोरी प्रिन्सा र दिपक राईका छोरा ७ वर्षीय दिप्सन राई घाइते भएका थिए। घाइते बालक पवनको भने पाँचथर अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।दिप्सन राई डिस्चार्ज भएका छन्। बालबालिकाहरू आँगनमा खेलिरहेको अवस्थामा विष्फोट भएको थियो। उनीहरू घरेलु ग्रिनेड पड्केर घाइते भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रमुख डीएसपी हेमन्त भण्डारी क्षेत्रीले बताए। घटनास्थलमा अर्को एउटा शंकास्पद वस्तु पनि भेटिएकाले बम हो होइन यकिन गरी डिस्पोज गर्न नेपाली सेनाको डिस्पोजल टोली त्यसतर्फ प्रस्थान गरेको पनि भण्डारीले बताए। ग्रिनेड कहिले र कसले राख्यो भन्ने नखुलेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। विस्फोट भएको घरका धनी आइतराज माओवादी कार्यकर्ता हुन्। त्यो घरमा अहिले ज्ञानबहादुर राईको परिवार बस्दै आएको छ। बम द्वन्द्वकालमा लुकाइएको हुनसक्ने स्थानीयले आशंका गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?