पाँचथरमा भएको विस्फाेटमा दुई दाजुबहिनीको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र १४, २०८१
|
|
३७ पटक हेरिएको
Shares
पाँचथरमा भएको विस्फाेटमा दुई दाजुबहिनीको मृत्यु

सारांश

  • उपचारका लागि झापातर्फ ल्याउने क्रममा स्थानीय दिलिप साँवाका अढाई वर्षीया छोरी प्रिन्सा र ११ वर्षीय छोरा दिप्सनको मृत्यु भएको हो।
  • प्रिन्साको राति १० बजे इलाम पुर्‍याउँदा बाटोमै र दिप्सनको राति १ वजे बिएन्डसी अस्पताल, बिर्तामोड ल्याइपुर्‍याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाँचथरले जनाएको छ।
  • हिँजो दिउँसो ३ बजे माओवादी कार्यकर्ता आइतराज केरुङ (आइबी) को घरमा बस्दै आएका ज्ञानबहादुर राईका १० वर्षीय छोरा पवन, स्थानीय दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सन र अढाई वर्षीया छोरी प्रिन्सा र दिपक राईका छोरा ७ वर्षीय दिप्सन राई घाइते भएका थिए।

१४ भदौ , झापा- पाँचथरको फालेलुङ गाउँपालिका- ५ प्राङवुङको डाँडागाउँ टोलमा हिजो भएको विस्फोटमा परी दुई दाजुबहिनीको मृत्यु भएको छ।उपचारका लागि झापातर्फ ल्याउने क्रममा स्थानीय दिलिप साँवाका अढाई वर्षीया छोरी प्रिन्सा र ११ वर्षीय छोरा दिप्सनको मृत्यु भएको हो।प्रिन्साको राति १० बजे इलाम पुर्‍याउँदा बाटोमै र दिप्सनको राति १ वजे बिएन्डसी अस्पताल, बिर्तामोड ल्याइपुर्‍याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाँचथरले जनाएको छ। हिँजो दिउँसो ३ बजे माओवादी कार्यकर्ता आइतराज केरुङ (आइबी) को घरमा बस्दै आएका ज्ञानबहादुर राईका १० वर्षीय छोरा पवन, स्थानीय दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सन र अढाई वर्षीया छोरी प्रिन्सा र दिपक राईका छोरा ७ वर्षीय दिप्सन राई घाइते भएका थिए। घाइते बालक पवनको भने पाँचथर अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।दिप्सन राई डिस्चार्ज भएका छन्। बालबालिकाहरू आँगनमा खेलिरहेको अवस्थामा विष्फोट भएको थियो। उनीहरू घरेलु ग्रिनेड पड्केर घाइते भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रमुख डीएसपी हेमन्त भण्डारी क्षेत्रीले बताए। घटनास्थलमा अर्को एउटा शंकास्पद वस्तु पनि भेटिएकाले बम हो होइन यकिन गरी डिस्पोज गर्न नेपाली सेनाको डिस्पोजल टोली त्यसतर्फ प्रस्थान गरेको पनि भण्डारीले बताए। ग्रिनेड कहिले र कसले राख्यो भन्ने नखुलेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। विस्फोट भएको घरका धनी आइतराज माओवादी कार्यकर्ता हुन्। त्यो घरमा अहिले ज्ञानबहादुर राईको परिवार बस्दै आएको छ। बम द्वन्द्वकालमा लुकाइएको हुनसक्ने स्थानीयले आशंका गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुटबलमा झन्डै डेढ करोड राजस्व छल्ने दुई व्यवसायीविरुद्ध मुद्दा
बुटबलमा झन्डै डेढ करोड राजस्व छल्ने दुई व्यवसायीविरुद्ध मुद्दा
काठमाडौँ महानगरले माग्यो मारवाडी सेवा समितिको कागजात
काठमाडौँ महानगरले माग्यो मारवाडी सेवा समितिको कागजात
मधेशका मुख्यमन्त्री यादवले २४ मंसिरमा विश्वासको मत लिने
मधेशका मुख्यमन्त्री यादवले २४ मंसिरमा विश्वासको मत लिने
स्वास्थ्यमन्त्री मेहता आकस्मिक अनुगमनमा, झन्झट होइन राहत महसुस गराउन निर्देशन
स्वास्थ्यमन्त्री मेहता आकस्मिक अनुगमनमा, झन्झट होइन राहत महसुस गराउन निर्देशन
चिलिमे हाइड्रोको सुरुङमा भेटिए दुई श*व
चिलिमे हाइड्रोको सुरुङमा भेटिए दुई श*व
सर्वोच्चमा दुर्गा प्रसाईँले गराए बन्दी प्रत्यक्षीकरणको रिट दर्ता
सर्वोच्चमा दुर्गा प्रसाईँले गराए बन्दी प्रत्यक्षीकरणको रिट दर्ता
सर्वोच्चको तेस्रो आदेश– सम्पत्ति छानबिनको सबै काम तत्कालका लागि रोक्नू
सर्वोच्चको तेस्रो आदेश– सम्पत्ति छानबिनको सबै काम तत्कालका लागि रोक्नू
सभामुखमा डोलप्रसाद अर्याल निर्वाचित भएको औपचारिक घोषणा
सभामुखमा डोलप्रसाद अर्याल निर्वाचित भएको औपचारिक घोषणा
विद्यालय शिक्षा विधेयक सरकारकै कारण रोकियो : प्रचण्ड
विद्यालय शिक्षा विधेयक सरकारकै कारण रोकियो : प्रचण्ड
मौसम महाशाखाको २४ घण्टे चेतावनी: सतर्कता अपनाउनू
मौसम महाशाखाको २४ घण्टे चेतावनी: सतर्कता अपनाउनू