१२ श्रावण २०८२, आईतवार

टेक्ससमा मुना पाण्डेको गोली हानी हत्या गरेको आशंकामा एक जना पक्राउ

१३ भदौ ,काठमाडौँ —अमेरिकाको टेक्सस राज्यको ह्युस्टनमा नेपाली युवती मुना पाण्डेको गोली हानी हत्या गरेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । न्युयोर्कबाट सञ्चालित नेपाली अनलाइन खसोखासका अनुसार संदिग्ध व्यक्तिलाई स्थानीय समयअनुसार बुधबार बेलुका पक्राउ गरिएको हो । संदिग्धलाई बुधबार बेलुका ८ बजेलगत्तै ट्राफिक स्टपमा पक्राउ गरिएको हो । प्रहरीले संदिग्धको बारेमा जानकारीसहित केही कलहरू प्राप्त गरेपछि पक्राउ गर्न सफल भएको जनाएको छ । पक्राउ परेका व्यक्तिको पहिचान भने खुलाइएको छैन । प्रहरीले बुधबार दिउँसो संदिग्ध व्यक्तिको फोटो सार्वजनिक गरेको थियो । सीसीटीभी फुटेजबाट लिइएको फोटो अगस्ट २४ शनिबार राति ९ बजेर ४८ मिनेटको रहेको ले जनाएको छ ।पाण्डेलाई सोमबार साँझ छातीमा गोली लागेको अवस्थामा अपार्टमेन्टमा भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । सोमबार साँझ ५:३५ बजे ह्युस्टन प्रहरी घटनास्थल पुग्दा उनको मृत्यु भइसकेको थियो । ह्युस्टन प्रहरीले विज्ञप्ति जारी गर्दै पीडितलाई अपार्टमेन्टभित्र धेरैवटा गोली लागेको अवस्थामा मृत फेला पारिएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment