१२ श्रावण २०८२, आईतवार

गुल्मीमा एक जना पुरुष मृत फेला

 

११ भदौ ,  । गुल्मीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर – ५, डाँडापोखरीका अन्दाजी ५५ वर्षीय टोपबहादुर चुँदारा मृत अवस्थामा फेला पर्नुभएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले जानकारी दिनुभयो । प्रहरी निरीक्षक केसीका अनुसार चुँदारा सोमबार साँझ इस्मा गाउँपालिका वडा नम्बर–२, झर्नास्थित तम्घास–सिमलटारी पक्की सडक खण्डदेखि अन्दाजी सात मिटर तल खेतबारीमा मृत अवस्थामा फेला पर्नुभएको हो । स्थानीय वासीले निजलाई मृत अवस्थामा देखे लगत्तै वडा अध्यक्ष शेरबहादुर कुँवरले प्रहरीलाई खबर गर्नुभयो ।घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी हस्तिचौरबाट प्रहरी सहायक निरीक्षक बिनय कुमार श्रीवास्तबको कमाण्डमा गएको प्रहरी टोलीले घटना स्थल सुरक्षा गरी राखेको थियो । चुँदारा टिबि रोगका बिरामी भन्ने बुझिएको छ । निजको शवलाई स्थलगत मुचुल्का तयार गरी पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याइएको छ । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?