सिरहामा सुनचाँदीका गहनासहित एक जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र २, २०८१
|
|
५३ पटक हेरिएको
Shares
सिरहामा सुनचाँदीका गहनासहित एक जना पक्राउ

सारांश

  •   सिरहामा सुनचाँदीका गहनासहित एकजना पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेमा पाँचथरको आरूबोटे नगरपालिका ५ बाजघरा घर भई हाल झापाको दमक स्थितमा डेरा गरी बसिरहेका २८ वर्षीय रोशन बराइली रहेका छन् ।
  • उनललाई प्रहरीले सिरहा नगरपालिका ७ महिसोथाबाट प्र १–०१–०१४प ४६२५ नम्बरको मोटरसाइकलमा गइरहेको बेला अवैध गहनासहित पक्राउ गरेको हो ।

२ भदौ, जनकपुरधाम ।  सिरहामा सुनचाँदीका गहनासहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पाँचथरको आरूबोटे नगरपालिका ५ बाजघरा घर भई हाल झापाको दमक स्थितमा डेरा गरी बसिरहेका २८ वर्षीय रोशन बराइली रहेका छन् । उनललाई प्रहरीले सिरहा नगरपालिका ७ महिसोथाबाट प्र १–०१–०१४प ४६२५ नम्बरको मोटरसाइकलमा गइरहेको बेला अवैध गहनासहित पक्राउ गरेको हो ।

बराइलीले बोकेको झोलाबाट हरियो पोतेमा जडित सुनका १८ थान माला, ३० थान रातो पोतेमा जडित माला, ५ थान सेतो मोती जडित माला, ६ थान खुल्ला चन्द्रमा, पोतेमा जडित चक्र थान चक्र, पोतेमा जडित मंगलसुत्र एक थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी मुक्ति सापकोटाले जानकारी दिए । बरामद सुन तौल गर्दा जम्मा २६.५ ग्राम भएको र तीन लाख ३५ हजार २२८ मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ । उक्त गहना अवैध रहेको प्रहरीको दाबी छ । यस्तै सुनका बाला-६४ थान, ब्रासलेट-११ थान, चुरा २९ थान र रड १ थान गरी २ किलो ६५२.४ ग्राम अर्थात २ लाख १७ हजार ६८० मूल्य बराबरको रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशको लागि जीवन आहूति दिने नेताहरुमाथि नकारात्मक टिप्पणी गर्नु हुँदैनः प्रधानमन्त्री ओली
देशको लागि जीवन आहूति दिने नेताहरुमाथि नकारात्मक टिप्पणी गर्नु हुँदैनः प्रधानमन्त्री ओली
तोकिएको समयमै निर्वाचन सम्पन्न गर्नु बाध्यात्मक थियो : आयुक्त भण्डारी
तोकिएको समयमै निर्वाचन सम्पन्न गर्नु बाध्यात्मक थियो : आयुक्त भण्डारी
जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
देशभरको मौसम आज मुख्यतया सफा रहने
देशभरको मौसम आज मुख्यतया सफा रहने
अर्थमन्त्री खनालविरुद्ध शरद ओझाको रिट दर्ता गर्न सर्वोच्चको आदेश
अर्थमन्त्री खनालविरुद्ध शरद ओझाको रिट दर्ता गर्न सर्वोच्चको आदेश
निजामती कर्मचारीलाई अवकाशपछि कुलिङ पिरियड लाग्ने प्रावधान संसदीय समितिबाट सदर
निजामती कर्मचारीलाई अवकाशपछि कुलिङ पिरियड लाग्ने प्रावधान संसदीय समितिबाट सदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
बुटवलको सुप्रिम सहकारी ठगीमा थुनछेक बहस सुरु हुँदै, रविको पक्षमा यी वकिलहरूले बहस गर्ने
बुटवलको सुप्रिम सहकारी ठगीमा थुनछेक बहस सुरु हुँदै, रविको पक्षमा यी वकिलहरूले बहस गर्ने
मोरङमा बाइक दुर्घटनामा आमाको मृ*त्यु, छोरा प्रहरी नियन्त्रणमा
मोरङमा बाइक दुर्घटनामा आमाको मृ*त्यु, छोरा प्रहरी नियन्त्रणमा
मधेश प्रदेश प्रमुख लाभको आग्रह, संयमित आचरण देखाउनु
मधेश प्रदेश प्रमुख लाभको आग्रह, संयमित आचरण देखाउनु