२६ जेष्ठ २०८२, आईतवार

क्यान्सर अस्पतालकी लेखा अधिकृतमाथि सेवाग्राहीसँग घुस लिएको आरोपः अख्तियारले हाल्यो मुद्दा

 

३१ साउन, चितवन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत लेखा अधिकृत अमृता कोइरालाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

एक लाख ५० हजार रुपैयाँ नगद र चार लाख ५० हजारको चेकसहित पक्राउ परेकी कोइरालाविरुद्ध अख्तियारले बिहीवार विशेष अदालतमा मुद्दा दायर गरेको हो । औषधि आपूर्तिको बिल भुक्तानी दिएबापत सेवाग्राहीसँग उनले घुस लिएको अख्तियारको आरोप छ । कोइरालाले आर्थिक वर्ष २०८०–८१ मा औषधि आपूर्ति गरेबापत नियम अनुसार पाउनुपर्ने रकमको भुक्तानीको बहानामा सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस मागेकी थिइन् ।

त्यसबाहेक पनि उनले सेवाग्राहीसँग २०७९ जेठ २८ गते ४४ हजार, २०७९ कात्तिक ६ गते ६० हजार गरी जम्मा १ लाख ४ हजार रुपैयाँ घुस लिएको पाइएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।  तर, कोइरालाले भने बयानका क्रममा उक्त रकम सेवाग्राहीसँग सापटी लिएको दाबी गरेकी थिइन् । यद्यपि उक्त रकम दुई वर्षभन्दा बढी समय भइसक्दासमेत फिर्ता नगरेको अभियोगपत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment