क्यान्सर अस्पतालकी लेखा अधिकृतमाथि सेवाग्राहीसँग घुस लिएको आरोपः अख्तियारले हाल्यो मुद्दा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण ३१, २०८१
|
|
४२ पटक हेरिएको
Shares
क्यान्सर अस्पतालकी लेखा अधिकृतमाथि सेवाग्राहीसँग घुस लिएको आरोपः अख्तियारले हाल्यो मुद्दा

सारांश

  •  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत लेखा अधिकृत अमृता कोइरालाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
  • एक लाख ५० हजार रुपैयाँ नगद र चार लाख ५० हजारको चेकसहित पक्राउ परेकी कोइरालाविरुद्ध अख्तियारले बिहीवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
  • औषधि आपूर्तिको बिल भुक्तानी दिएबापत सेवाग्राहीसँग उनले घुस लिएको अख्तियारको आरोप छ ।

३१ साउन, चितवन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत लेखा अधिकृत अमृता कोइरालाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

एक लाख ५० हजार रुपैयाँ नगद र चार लाख ५० हजारको चेकसहित पक्राउ परेकी कोइरालाविरुद्ध अख्तियारले बिहीवार विशेष अदालतमा मुद्दा दायर गरेको हो । औषधि आपूर्तिको बिल भुक्तानी दिएबापत सेवाग्राहीसँग उनले घुस लिएको अख्तियारको आरोप छ । कोइरालाले आर्थिक वर्ष २०८०–८१ मा औषधि आपूर्ति गरेबापत नियम अनुसार पाउनुपर्ने रकमको भुक्तानीको बहानामा सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस मागेकी थिइन् ।

त्यसबाहेक पनि उनले सेवाग्राहीसँग २०७९ जेठ २८ गते ४४ हजार, २०७९ कात्तिक ६ गते ६० हजार गरी जम्मा १ लाख ४ हजार रुपैयाँ घुस लिएको पाइएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।  तर, कोइरालाले भने बयानका क्रममा उक्त रकम सेवाग्राहीसँग सापटी लिएको दाबी गरेकी थिइन् । यद्यपि उक्त रकम दुई वर्षभन्दा बढी समय भइसक्दासमेत फिर्ता नगरेको अभियोगपत्रमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धनुषाको औरही गाउँपालिकामा झडप, ७ सेल अश्रुग्यास प्रहार
धनुषाको औरही गाउँपालिकामा झडप, ७ सेल अश्रुग्यास प्रहार
कांग्रेसमा विशेष महाधिवेशन आह्वान गर्न दबाब, १०९ जनाले गरे हस्ताक्षर
कांग्रेसमा विशेष महाधिवेशन आह्वान गर्न दबाब, १०९ जनाले गरे हस्ताक्षर
रुपन्देहीको बेलबासमा ३ सवारीसाधन ठोक्किंदा एक युवतीको मृत्यु
रुपन्देहीको बेलबासमा ३ सवारीसाधन ठोक्किंदा एक युवतीको मृत्यु
महिला च्याम्पियनसिप खेल्न नेपाल आइपुगिन् एन्जिला
महिला च्याम्पियनसिप खेल्न नेपाल आइपुगिन् एन्जिला
महासंघमा महिला सहभागिता बढाउन सुनिता नेमाफुकीको उम्मेदवारी
महासंघमा महिला सहभागिता बढाउन सुनिता नेमाफुकीको उम्मेदवारी
बाढी-पहिरो प्रभावितलाई संरक्षण गर्न गृहमन्त्रीको निर्देशन
बाढी-पहिरो प्रभावितलाई संरक्षण गर्न गृहमन्त्रीको निर्देशन
मोरङमा छात्राहरुमाथि दुर्व्यवहार गरेको आरोपमा ३ जना पक्राउ
मोरङमा छात्राहरुमाथि दुर्व्यवहार गरेको आरोपमा ३ जना पक्राउ
मध्यराति दुर्गा प्रसाईं पक्राउ नपरेको भन्दै प्रहरीले किन निकालेको थियो विज्ञप्ति ?
मध्यराति दुर्गा प्रसाईं पक्राउ नपरेको भन्दै प्रहरीले किन निकालेको थियो विज्ञप्ति ?
भियतनामका उपराष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
भियतनामका उपराष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
देउवा समूहको सुदूरपश्चिम प्रदेशस्तरीय भेला सुरु
देउवा समूहको सुदूरपश्चिम प्रदेशस्तरीय भेला सुरु