एक घण्टामै साढे ८ अर्बको सेयर कारोबार, नेप्सेले नाघ्यो २९००
२८ साउन, काठमाडौं । सेयर बजारमा एक घण्टामै साढे ८ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । दिउँसो १२ बजेसम्म ८ अर्ब ५० करोडको कारोबार भएको छ । यो समयसम्म नेप्से परिसूचक ६७ अंक बढेर २९२७ मा कायम भएको छ । एक घण्टासम्मको अवधिमा बैंकिङ ३.४५, विकास बैंक १.७८, फाइनान्स २.२६, होटल तथा पर्यटन ५.२०, हाइड्रोपावर २.२५, जीवन बीमा ३.२०, माइक्रोफाइनान्स २.०५, निर्जीवन बीमा १.७३, अन्य १.७२ तथा ब्यापार समूह ३.८६ प्रतिशत बढेको छ ।
१९७ कम्पनीको मूल्य बढ्दा ३८ को घटेको छ भने ६ को स्थिर रहेको छ। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, नेपाल फाइनान्स, निफ्रा, शिवम् सिमेन्ट र माथिल्लो तामाकोशी क्रमशः अगाडि देखिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment