शेयर बजारमा दिनदिनै रेकर्ड- इतिहासकै सर्वाधिक कारोबार

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण २७, २०८१
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • पछिल्लो एक महिनामा शेयर बजारले दिनदिनै जसो रेकर्ड कायम गरेको छ ।
  • आज हालसम्मकै उच्च कारोबार भयो ।
  • आइतबार २५ अर्ब ७७ करोड रूपैयाँ बराबरको कारोबार भयो ।

 

२७ साउन, काठमाडौ । पछिल्लो एक महिनामा शेयर बजारले दिनदिनै जसो रेकर्ड कायम गरेको छ ।

आज हालसम्मकै उच्च कारोबार भयो । आइतबार २५ अर्ब ७७ करोड रूपैयाँ बराबरको कारोबार भयो । बजारले २८ सय बिन्दु पार गरेसँगै लगानीकर्ता उत्साहित देखिएका छन् । आइतबार बजार ९४.५३ अंकले बढ्दा नेप्से परिसूचक २८६०.९१ बिन्दुमा अडिएको छ । यसअघि पौने २४ अर्ब रूपैयाँसम्मको कारोबारको रेकर्ड थियो । आज ९ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । यस दिन ३३० कम्पनीको ६ करोडभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । १ अर्ब ५२ करोडसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा छ । बजारमा ठूला र संस्थागत लगानीकर्ताको प्रवेश भएकाले नेप्सेले पछिल्लो समय आकर्षक वृद्धि हासिल गर्न सकेको हो ।

नेपाल राष्ट्र बैंकले संस्थागत लगानीकर्ताका लागि मार्जिन लेण्डिङका लागि लगाउँदै आएको सीमा खारेज गरेसँगै संस्थागत लगानीकर्ता पनि हौसिएको देखिन्छ । यस्तै पछिल्लो बढेको कारोबारमा नयाँ लगानीकर्ताको प्रवेश पनि बढिरहेको छ । नेप्सेमा सुचीकृत विभिन्न कम्पनीहरुले आफ्ना वित्तिय विवरण सार्वजिनक गरिररहेका छन् । वित्तीय विवरण खराब भएका केही कम्पनीको शेयर मूल्य पनि उचालिएपछि यसमा केही सांसदहरूले अस्वाभाविक भएको अभिव्यक्ति दिएका थिए । वित्तीय सूचक कमजोर भएका कम्पनीमा लगानीकर्ता फस्न सक्ने भन्दै उनीहरूले सचेत गराएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?