संसदको बैठकमा आज भ्रष्टाचार निवारण विधेयकको प्रस्ताव पेश गरिने
काठमाडौं– प्रतिनिधि सभाको बैठक आज सोमबार दिउँसो बस्दैछ । आज दिउँसो १ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको छ ।
दोस्रो अधिवेशनको पाँचौ बैठकमा आज प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक-२०७७’ लाई दफादार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस् भनी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संघीय संसदका महासचिवले उल्लेख गरेका छन् ।
त्यस्तै, आजको बैठकमा संविधान सभा सदस्य नेपाली काँग्रेसका नेता पुरुषोत्तम बस्नेतको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचिमा समावेश गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1