Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

आरुपाटा पहिरो: ३ घाइतेलाई हेलिकप्टरमा काठमाडौँ पठाइयो, ४ बेपत्ताको खोजी जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण २३, २०८१
|
|
६९ पटक हेरिएको
Shares
आरुपाटा पहिरो: ३ घाइतेलाई हेलिकप्टरमा काठमाडौँ पठाइयो, ४ बेपत्ताको खोजी जारी

सारांश

  • सोही क्षेत्रबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने उपसभामुख बिनाकुमारी थापाका अनुसार गम्भीर घाइते १९ वर्षीया रिमा पुन,२१ वर्षीया सीता थापा र ४६ वर्षकी संगीता बुढालाई बिहान साढे ९ बजेतिर नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ लगिएको हो।
  • बाँकी घाइतेहरूलाई भने बुर्तिबाङको अस्पताल लैजाँदै गरिएको र केही अहिलेसम्म पनि बाटोमै भएको उनले जानकारी दिइन्।
  • घटनापछि आरुपाटा पुगेकी थापाका अनुसार बर्खाका कारण बाटो बिग्रिएकाले मूलबाटोसम्म घाइतेहरूलाई बोकेरै लगिएको छ भने त्यहाँबाट बल्ल गाडी चढाएर उपचारका लागि अस्पताल पठाइएको हो।

 

२३ साउन, बागलुङको बडिगाड गाउँपालिका-१०, आरुपाटामा गएको पहिरोमा परी घाइते भएका तीनजनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको छ।

सोही क्षेत्रबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने उपसभामुख बिनाकुमारी थापाका अनुसार गम्भीर घाइते १९ वर्षीया रिमा पुन,२१ वर्षीया सीता थापा र ४६ वर्षकी संगीता बुढालाई बिहान साढे ९ बजेतिर नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ लगिएको हो।

बाँकी घाइतेहरूलाई भने बुर्तिबाङको अस्पताल लैजाँदै गरिएको र केही अहिलेसम्म पनि बाटोमै भएको उनले जानकारी दिइन्। घटनापछि आरुपाटा पुगेकी थापाका अनुसार बर्खाका कारण बाटो बिग्रिएकाले मूलबाटोसम्म घाइतेहरूलाई बोकेरै लगिएको छ भने त्यहाँबाट बल्ल गाडी चढाएर उपचारका लागि अस्पताल पठाइएको हो। उनका अनुसार पहिरोमा हराएका ४ जनाको पनि खोजी जारी छ। नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीय अहिले पनि उद्धार जुटिरहेका छन्।

मंगलबार आएको पहिरोले स्थानीय जोगबहादुर बुढाको घर पुरिँदा ८ जनाको मृत्यु भएको छ भने ४ जना पहिरोमा हराइरहेका छन्। घटनामा परी ९ जना घाइते भएको उनले बताइन्। मंगलबार बिहान बडिगाड ९ को बलघाँसमा खसेको पहिरोमा परी १५ वर्षीय विधान परियार र २४ वर्षीया गंगा बस्नेतको मृत्यु भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
आजको मौसम : केही स्थानमा चट्याङ्ग सहित वर्षाको सम्भावना
आजको मौसम : केही स्थानमा चट्याङ्ग सहित वर्षाको सम्भावना
भूमि विधेयकमा गिरिबन्धु जग्गा प्रकरण जोडिएको छैनः मन्त्री अधिकारी
भूमि विधेयकमा गिरिबन्धु जग्गा प्रकरण जोडिएको छैनः मन्त्री अधिकारी
जीवित बन्धकहरूको नयाँ सूचीमा बिपिनको नाम सार्वजनिक
जीवित बन्धकहरूको नयाँ सूचीमा बिपिनको नाम सार्वजनिक
पश्चिम बंगालमा भाजपा सरकारको शपथअघि मुख्यमन्त्री ममताको निवासमा सुरक्षाकर्मी
पश्चिम बंगालमा भाजपा सरकारको शपथअघि मुख्यमन्त्री ममताको निवासमा सुरक्षाकर्मी
संसदीय छानबिन समितिको टीओआर टुंग्याउन कार्यदलको बैठक सुरु
संसदीय छानबिन समितिको टीओआर टुंग्याउन कार्यदलको बैठक सुरु
राष्ट्रिय सभा अन्तरगत दुई समितिको बैठक बस्दै
राष्ट्रिय सभा अन्तरगत दुई समितिको बैठक बस्दै
नेपाल नेत्रज्योति संघको ४७औं स्थापना दिवसको अवसरमा निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण
नेपाल नेत्रज्योति संघको ४७औं स्थापना दिवसको अवसरमा निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण
रसुवा भोटेकोशी बाढी : १,३८५ श*व फेला, ४ हजारभन्दा बढी बेपत्ता 
रसुवा भोटेकोशी बाढी : १,३८५ श*व फेला, ४ हजारभन्दा बढी बेपत्ता 
राष्ट्र बैंकले ल्यायो ५ रुपैयाँको नयाँ नोट प्रचलनमा
राष्ट्र बैंकले ल्यायो ५ रुपैयाँको नयाँ नोट प्रचलनमा