विश्व क्रान्तिका नायक चे ग्वेभारा, हत्याको ४७ वर्षपछि मात्र भेटियो उनको शव

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण २१, २०८१
|
|
३० पटक हेरिएको
Shares
विश्व क्रान्तिका नायक चे ग्वेभारा, हत्याको ४७ वर्षपछि मात्र भेटियो उनको शव

सारांश

  • परिवारमा उनलाई तेते भनेर बोलाइन्थ्यो ।
  • पछि उनी आफैंले आफ्नो नाम बदलेर चे राख्नुभएको हो ।
  • अर्जेन्टिनी भाषामा चे को अर्थ हाम्रो हो ।

 

२१ साउन, सन् १९२८ जुन १४ मा अर्जेन्टिनाको मध्यम वर्गीय परिवारमा जन्मिएका चे ग्वेभाराको नाम अर्नेष्टो ग्वेभारा डे ला सेर्ना हो ।

परिवारमा उनलाई तेते भनेर बोलाइन्थ्यो । पछि उनी आफैंले आफ्नो नाम बदलेर चे राख्नुभएको हो । अर्जेन्टिनी भाषामा चे को अर्थ हाम्रो हो । अर्जेन्टिनामै शिक्षादिक्षा लिएका चेले ग्वाटेमालाबाट क्रान्ति सिकेर मेक्सिकोबाट क्युबा गई क्रान्ति सम्पन्न गरेका थिए ।
दुई वर्षको उमेरमै दमको दीर्घ रोगले छोएको चे अल्टा ग्रेसियाको स्कुले जीवन सकेर १३ वर्षको उमेर मै सन् १९४१ मा डिन फ्युनस स्टेट कलेजमा भर्ना भएका थिए । चार वर्षको कलेज अध्ययन सकेर राजधानी ब्यूनस आयर्सको विश्वविद्यालयमा ६ वर्ष लामो चिकित्सा शास्त्रको पाठ्यक्रमलाई ३ वर्षमै पूरा गरेर चिकित्सक बनेका थिए । परिवारको इन्जिनियर बनाउने चाहनाविपरित चे क्यान्सरबाट आफ्नो हजूरआमाको मृत्यु भएको र आमा क्यान्सरबाट पीडित भएको तथा आफू दम रोगी भएको कारण चिकित्सक बनेका थिए ।

चिकित्सा शास्त्रको अध्ययनकै क्रममा पुरै ल्याटिन अमेरिकाको अधिकांश स्थानमा पुगेका चेलाई उक्त महाद्विपमा व्याप्त गरीबीले क्रान्तिकारी बन्न प्रेरित ग¥यो । गरीबी र आर्थिक विषमताको मुख्य कारण पूँजीवाद, नवउपनिवेशवाद र साम्राज्यवाद नै हो र यसबाट छुटकारा पाउने एकमात्र उपाय क्रान्ति हो भन्ने धारणा बनेका कारण चिकित्सा पेशा छाडेर चे सन् १९५३ मा बोलिभिया पुगेका हुन् । त्यहाँ त्यतिबेला पूँजीवादी सुधारवादी सरकारबाट राष्ट्रको टिन खानीलाई राष्ट्रियकरण गर्ने, जमिनहरु आदिवासी किसानहरुमा वितरण गर्ने जस्ता सुधारवादी कार्यहरु भइरहेका थिए । बोलिभियाले नै चेको जीवनमा क्रान्तिकारिता भर्नेदेखि लिएर जीवनको अन्तिम संघर्ष गर्ने प्रेरणा दिएको बताइन्छ ।

बोलिभियाको क्रान्ति पछि गएर सुधारवादी बाटोतर्फ ढल्किंदै गएपछि चे पेरुको आदीवासी क्षेत्र हुँदै ग्वाटेमाला पुगेका थिए । ग्वाटेमालाबाट मेक्सिको हुँदै क्युबामा पुगेका चे फिडेल क्याष्ट्रोसँग मिलेर त्यहाँको मुक्ति आन्दोलनमा होमिए ।

क्युबामा क्रान्ति सम्पन्न भएपछि त्यहाँको नेसनल बैंकको गर्भनर र त्यसपछि भूमिसुधार मन्त्री बनेका चेको सम्पत्तिको नाममा एकसरो धागो पनि थिएन । सधैं खाकी ड्रेसमै रमाउँदै उनले क्युबाको समाजवादको लागि अन्तर्राष्ट्रिय समर्थन जुटाउन महत्वपूर्ण भुमिका खेले । अन्ततः सन् १९६५ मा मन्त्री पद त्यागेर कंगोतर्फ हुँदै बोलिभिया पुगेका उनी त्यहाँको जनताको मुक्तिका लागि लड्दालड्दै पक्राउ परेका थिए । चेको सन् १९६७ अक्टोबर ९ मा बोलिभियाको एउटा जंगलमा हत्या भयो । हत्यापछि उनको शबलाई गुमनाम बनाइएको थियो । पछि चेको हत्यामा संलग्न रिटायर्ड बोलिभियाली सैनिक जनरल मारियो भर्गासले ठूलो आँटका साथ चेको लास गाडिएको स्थानका बारेमा बताएपछि उनकै सहयोगमा हत्याको ४७ वर्षपछि बल्ल चेको शब सार्वजनिक भएको थियो ।

केही तथ्यहरु :

-चेद्वारा प्रतिपादित गुरिल्ला युद्धको नियमहरु प्रकाशित छ्न ।

-नको ९ महिने ल्याटिन अमेरिकाको यात्रासँग सम्बन्धित मोटर साइकल डायरीको चलचित्र बनेको छ ।

-क्युबाको सान्ता क्लारा शहरको बीचमा चेले बन्दूक उठाएको २३ टन तौलको भव्य शालिक छ । उक्त शालिक सन् १९९७ अक्टोबर १७ मा निर्माण भएको थियो ।

-चेको हत्या भएको दिन अक्टोबर ९ लाई क्युबामा हिरोइक गुरिल्ला डे को नाममा चे स्मृति  दिबस मनाइन्छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज गणेशमान सिंहको २८औँ स्मृति दिवस मनाइँदै
आज गणेशमान सिंहको २८औँ स्मृति दिवस मनाइँदै
तीनकुनेमा आगलागीमा परेको घरमा जलेर एभिन्युज टिभीका पत्रकारको मृत्यु
तीनकुनेमा आगलागीमा परेको घरमा जलेर एभिन्युज टिभीका पत्रकारको मृत्यु
अफताब आलमलाई सफाइ दिने न्यायाधीशविरुद्ध पीडितले दिए उजुरी
अफताब आलमलाई सफाइ दिने न्यायाधीशविरुद्ध पीडितले दिए उजुरी
नुवाकोट-२ मा रास्वपाका अच्युतम लामिछाने विजयी
नुवाकोट-२ मा रास्वपाका अच्युतम लामिछाने विजयी
गोरखामा सडक भासियो, यातायात सेवा अवरुद्ध
गोरखामा सडक भासियो, यातायात सेवा अवरुद्ध
     मधेस प्रदेशका मुख्यमन्त्री सिंहद्वारा जुडशीतल तथा सिरुवा पर्वको शुभकामना   
     मधेस प्रदेशका मुख्यमन्त्री सिंहद्वारा जुडशीतल तथा सिरुवा पर्वको शुभकामना   
राष्ट्रपतिको अपिल- फागुन २१ मै चुनाव, त्यसपछि संसद् र सरकारको निरन्तरता
राष्ट्रपतिको अपिल- फागुन २१ मै चुनाव, त्यसपछि संसद् र सरकारको निरन्तरता
कोरला नाका सञ्चालनमा, ३४ करोडभन्दा बढी राजस्व संकलन
कोरला नाका सञ्चालनमा, ३४ करोडभन्दा बढी राजस्व संकलन
अहिलेसम्म यो देशमा नेता हुन लायक मान्छे देखिनँ: हर्क साम्पाङ
अहिलेसम्म यो देशमा नेता हुन लायक मान्छे देखिनँ: हर्क साम्पाङ
सर्लाहीमा रुखको हाँगामा झुन्डिएको अवस्थामा एक युवती मृ*त फेला
सर्लाहीमा रुखको हाँगामा झुन्डिएको अवस्थामा एक युवती मृ*त फेला