१० श्रावण २०८२, शुक्रबार

सौर्यका पाइलट डिस्चार्जको तयारीमा, भन्छन्– पुनर्जन्म पाएँ

 

१७ साउन, काठमाडौं । दुर्घटनामा परेको सौर्य एयरका पाइलट मनिषरत्न शाक्य उपचारपछि डिस्चार्जको तयारीमा रहेका छन् ।

उनको स्वास्थ्य अवस्थामा सुधार आएपछि डिस्चार्जको तयारी गरिएको अस्पतालले जनाएको छ । अस्पतालमा उनलाई भेट्न बिहीबार कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, सांसदसमेत रहेका केएमसी अस्पतालका सञ्चालक सुनील शर्मालगायतको टोली पुगेको थियो । टोलीसँगै पत्रकारसँग कुरा गर्दै अस्पतालकी डाइरेक्टर डा. मीना थापाले घाइते शाक्यको अवस्थामा सुधार आइरहेकाले डिस्चार्जको तयारी भएको बताइन् ।

काठमाडौंबाट पोखरा उड्दै गरेको सौर्यको जहाज बुधबार काठमाडौं विमानस्थलमै दुर्घटनामा परेको थियो । डा. थापाका अनुसार पाइलटसँग दुर्घटनाका बारेमा धेरै कुरा भएको छैन । दुर्घटनालगत्तै पाइलट शाक्यले जहाज उडेर केही माथि जानासाथ कन्ट्रोलबाट बाहिर गएको बताएका थिए  चिकित्सकहरुसँगको कुराकानीमा उनले यस्तो बताएको थापाले जानकारी दिइन् । “केही माथि पुगेपछि कन्ट्रोल गर्नै सकिएन भनेर भन्नुभएको थियो,” थापाले भनिन्, “हामीले दुर्घटनाका सम्बन्धमा धेरै खोतलेनौँ । जति धेरै घटनाको सम्झना हुन्छ स्ट्रेस बढ्दै जान्छ भनेर पनि हामीले सोध्नुहुँदैन । आयोगले छानबिन गरिरहेकाले हामीले कुरा गरिरहन परेन ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?