२६ जेष्ठ २०८२, आईतवार

अस्पतालका लागि बनाइएको भवनमा चर्च सञ्चालन, धनगढी उपमहानगरले चलायो डोजर

 

१५ साउन,धनगढी । कैलालीमा अस्पतालका लागि बनाइएको भवनमा चर्च सञ्चालन गरेपछि धनगढी उपमहानगरपालिकाले भवन भत्काएको छ ।

धनगढी-७ मनेहरामा लेट मेइन धनगढी र नेपाल लाइफ वर्ड मिसनले निर्माण गरेको उक्त भवनमा उपमहानगरले डोजर चलाएको हो । अवैध तरिकाले निर्माण गरेकोले मंगलबार डोजर चलाएर भत्काएको नगरपालिकाले जनाएको छ ।

यसअघि सोमबार ७ नम्बर वडा कार्यालयले लेट मेइन धनगढी प्रालि र नेपाल लाइफ वर्ड मिसनको दर्ता खारेजी गरेको थियो ।लेट मेइन धनगढी प्रालिले २०८० साउन २२ गते वडा कार्यालयमा सिपमूलक तालिम तथा परामर्श सेवा सञ्चालन गर्ने प्रयोजन राखी वडा कार्यालयमा व्यवसाय दर्ता गराएको थियो । यस्तै, नेपाल लाइफ वर्ड मिसनले २०८१ वैशाख १६ गते सेमिनार, तालिम आदि सञ्चालन गर्ने प्रयोजनका लागि वडामा व्यवसाय दर्ता गराएको थियो ।

तर, सो जग्गामा दुई करोडको लागतमा अस्पतालका लागि भन्दै बनाइएको दुई तले चर्च सञ्चालन गरेपछि दर्ता खारेज गरिएको हो । यसअगाडि सो कार्यमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment