Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

मुम्बई–हावडा रेल दुर्घटना : दुई जनाको मृत्यु, पाँच घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण १५, २०८१
|
|
७० पटक हेरिएको
Shares
मुम्बई–हावडा रेल दुर्घटना : दुई जनाको मृत्यु, पाँच घाइते

सारांश

  • भारतको झारखण्ड राज्यको सरायकेला–खरसावां जिल्लामा मंगलबार बिहान मुम्बई–हावडा रेल दुर्घटना भएको छ ।
  • यस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
  • एक वरिष्ठ रेल अधिकारीले बीबीसीसँग कुरा गर्दै यी मृत्युको पुष्टि गरेका छन् ।

 

१५ साउन,नयाँ दिल्ली । भारतको झारखण्ड राज्यको सरायकेला–खरसावां जिल्लामा मंगलबार बिहान मुम्बई–हावडा रेल दुर्घटना भएको छ ।

यस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । एक वरिष्ठ रेल अधिकारीले बीबीसीसँग कुरा गर्दै यी मृत्युको पुष्टि गरेका छन् । घाइतेमध्ये एकको अवस्था चिन्ताजनक भएको बताइएको छ । घटना लगत्तै आएका समाचारहरूमा भने छ जना घाइते भएको बताइएको थियो ।बडाबम्बू नजिकै बिहान ४ः४५ बजे दुर्घटना भएको हो ।

दुर्घटना भएको ठाउँ जमशेदपुरबाट ८० किलोमिटर टाढा छ । यो ठाउँ दक्षिण पूर्वी रेलवेको चक्रधरपुर डिभिजन अन्तर्गत पर्छ । हावडा–मुम्बई मेल एक्सप्रेसको कोच लिकबाट खसेपछि त्यसको छेउमा उभिएको मालगाडीसँग ठोक्किएको थियो । डिब्बा लिकबाट खसेको ट्रेनको नाम हावडा–सीएसएमटी एक्सप्रेस हो । यस दुर्घटनाका कारण सो लाइनमा चल्ने केही रेललाई अन्य रुटमा पनि डाइभर्ट गरिएको छ । दक्षिण पूर्वी रेलवेका प्रवक्ता ओमप्रकाश चरणले भने– यो दुर्घटनास्थल अगाडि अर्को मालगाडी लिकबाट खसेको छ । तर दुवै दुर्घटना एकैसाथ भएको हो कि होइन भन्ने अहिलेसम्म थाहा हुन सकेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेको सभालाई प्रधानमन्त्री ओलीले साढे एक बजे सम्बोधन गर्ने
एमालेको सभालाई प्रधानमन्त्री ओलीले साढे एक बजे सम्बोधन गर्ने
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत भयो : कमल थापा
गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत भयो : कमल थापा
बागमती प्रदेश : संसद् सञ्चालनका लागि सर्वदलीय बैठक बस्दै
बागमती प्रदेश : संसद् सञ्चालनका लागि सर्वदलीय बैठक बस्दै
हङकङको आवासीय भवनमा भीषण आगलागी : आगो नियन्त्रणको प्रयास जारी
हङकङको आवासीय भवनमा भीषण आगलागी : आगो नियन्त्रणको प्रयास जारी
भारतीय वायुसेनाको विमान दुर्घटनामा पाइलटसहित ५ जनाको मृ*त्यु
भारतीय वायुसेनाको विमान दुर्घटनामा पाइलटसहित ५ जनाको मृ*त्यु
भोटेकोसी बाढी: अहिलेसम्म १४५१ जनाको शव भेटियो, ४६५५ अझै बेपत्ता
भोटेकोसी बाढी: अहिलेसम्म १४५१ जनाको शव भेटियो, ४६५५ अझै बेपत्ता
रोल्वालिङ हिमपहिरोमा हराइरहेका ४ जनाको उद्धार, तीन जनाको मृ*त्यु, बेपत्ताको खोजी जारी
रोल्वालिङ हिमपहिरोमा हराइरहेका ४ जनाको उद्धार, तीन जनाको मृ*त्यु, बेपत्ताको खोजी जारी
बालेनले दिए काठमाडौँको मेयरबाट राजीनामा
बालेनले दिए काठमाडौँको मेयरबाट राजीनामा
जापानी राजदूतद्वारा विद्यालय भवन हस्तान्तरण
जापानी राजदूतद्वारा विद्यालय भवन हस्तान्तरण