घुस लिएको आरोपमा पोखरा महानगरका इन्जिनियर बराल पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख ५, २०८१
|
|
१०५ पटक हेरिएको
Shares
घुस लिएको आरोपमा पोखरा महानगरका इन्जिनियर बराल पक्राउ

सारांश

  • घुस लिएको आरोपमा पोखरा महानगरपालिकाका इन्जिनियर शिव बराल पक्राउ परेका छन् ।
  • घर नक्सा शाखाका इन्जिनियर बराललाई अख्तियार कार्यालय पोखराले पक्राउ गरेको हो ।
  • गत चैत २८ गते साँझ पोखरा १० का सेवाग्राहीसँग घर नक्साकै विषयमा घुस लिएपछि महानगरपालिकाकी इन्जिनियर उषाकिरण रोकाया रंगेहात पक्राउ परेकी थिइन् ।

५ वैशाख, पोखरा । घुस लिएको आरोपमा पोखरा महानगरपालिकाका इन्जिनियर शिव बराल पक्राउ परेका छन् ।

घर नक्सा शाखाका इन्जिनियर बराललाई अख्तियार कार्यालय पोखराले पक्राउ गरेको हो । गत चैत २८ गते साँझ पोखरा १० का सेवाग्राहीसँग घर नक्साकै विषयमा घुस लिएपछि महानगरपालिकाकी इन्जिनियर उषाकिरण रोकाया रंगेहात पक्राउ परेकी थिइन् । उनी सहित गोदार कन्सल्टेन्सीका सहयोगकी सुरज कुँवर डेढ लाख घुससहित पक्राउ परेका हुन् ।

सोही विषयमा अनुसन्धान गर्दा बरालको पनि संलग्नता देखिएको अख्तियारको आरोप छ । अख्तियार पोखराका सूचना अधिकारी जगदीश शिवाकोटीका अनुसार बराललाई पक्राउ गरेर केन्द्रीय कार्यालय टंगाल पठाइएको छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?