फुटेको एक्टोपिक गर्भावस्थाको जटिल शल्यक्रियाबाट जोगियो महिलाको ज्यान

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, पौष २५, २०८२
|
|
५१ पटक हेरिएको
Shares
फुटेको एक्टोपिक गर्भावस्थाको जटिल शल्यक्रियाबाट जोगियो महिलाको ज्यान

सारांश

  • अस्पताल स्रोतका अनुसार G7P5A1 अवस्थाकी ती महिला गर्भावस्थाको अवधि थाहा नहुँदै जनरल ओपीडीमा पुगेकी थिइन्।
  • मंगलबारदेखि योनिबाट रक्तस्राव भइरहेको भए पनि आफू गर्भवती भएको जानकारी उनलाई थिएन।
  • प्रारम्भिक परीक्षणमा युरिन प्रेग्न्यान्सी टेस्ट पोजेटिभ देखिनुका साथै β-hCG स्तर बढेको पाइएको थियो।

सर्लाही — प्रादेशिक अस्पताल मलङ्गवामा फुटेको एक्टोपिक गर्भावस्थाबाट पीडित एक ३८ वर्षीया महिलाको आपतकालीन शल्यक्रिया गरी सफलतापूर्वक उपचार गरिएको छ।

अस्पताल स्रोतका अनुसार G7P5A1 अवस्थाकी ती महिला गर्भावस्थाको अवधि थाहा नहुँदै जनरल ओपीडीमा पुगेकी थिइन्। मंगलबारदेखि योनिबाट रक्तस्राव भइरहेको भए पनि आफू गर्भवती भएको जानकारी उनलाई थिएन। प्रारम्भिक परीक्षणमा युरिन प्रेग्न्यान्सी टेस्ट पोजेटिभ देखिनुका साथै β-hCG स्तर बढेको पाइएको थियो। अल्ट्रासाउन्ड जाँचले फुटेको एक्टोपिक गर्भावस्था पुष्टि गरेपछि तत्काल आपतकालीन शल्यक्रियाको तयारी गरिएको थियो।

चिकित्सकका अनुसार ती महिला नियमित रेफरल प्रणालीमार्फत नभई समुदायसँगको अनौपचारिक सम्पर्कका कारण अस्पतालसम्म आइपुगेकी थिइन्। अस्पतालका एक सुरक्षाकर्मीको पहलमा उनको उपचार सम्भव भएको बताइएको छ।

 

प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. सचिन यादवको नेतृत्वमा गरिएको आपतकालीन ल्यापारोटमीका क्रममा पेटभित्र करिब ७०० मिलिलिटर रगत तथा क्लट जमेको अवस्थामा फुटेको दायाँपट्टिको ट्युबल एक्टोपिक गर्भावस्था भेटिएको थियो। सो क्रममा दायाँपट्टि ट्युबेक्टोमी गरिएको र बिरामीको सहमतिमा बाँयापट्टि ट्युबल लिगेसन समेत गरिएको डा यादवले जनाएको छ। शल्यक्रियापछि ३ लिटर न्यानो नर्मल सलाइनले पेरिटोनियल लभाज गरी पेट तह–तहमा बन्द गरिएको थियो।

शल्यक्रियापछि बिरामीको अवस्था स्थिर रहेको र हाल पोस्ट–अपरेटिभ वार्डमा नजिकबाट निगरानीमा राखी उपचार भइरहेको डा यादवले जानकारी दिएको छ।

अस्पतालका चिकित्सकहरूका अनुसार पछिल्लो छोटो अवधिमा प्रदेश अस्पताल मलङ्गवामा व्यवस्थापन गरिएको यो तेस्रो एक्टोपिक गर्भावस्थाको केस हो। यसले आपतकालीन प्रसूति तथा शल्यक्रिया सेवाको क्षमता बढ्दै गएको देखाए पनि यस्ता घटनाहरू निरन्तर देखिनु सार्वजनिक स्वास्थ्यका लागि चिन्ताको विषय रहेको डा. यादवले बताए।

उनका अनुसार अनियोजित गर्भावस्था, परिवार नियोजन सेवाको कम पहुँच, प्रारम्भिक गर्भ परीक्षणको अभाव, यौनसङ्क्रमणको उपचार नहुनु तथा उपचार खोज्न ढिलाइ हुनु यस्ता अवस्थाका प्रमुख कारण हुन्।

चिकित्सकहरूले एक्टोपिक गर्भावस्था धेरै हदसम्म रोकथाम गर्न सकिने बताउँदै आधुनिक परिवार नियोजन, प्रारम्भिक गर्भ जोखिमका लक्षणबारे समुदाय सचेतना, STI स्क्रिनिङ तथा सुरक्षित मातृत्व सेवाको सुदृढीकरणमा जोड दिएका छन्।

“एक जीवन बचाउन सफल भयौं, तर दीगो समाधानका लागि अस्पतालस्तरको उपचारसँगै समुदाय र कार्यक्रमगत हस्तक्षेप अपरिहार्य छ,” डा. यादवले भने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुख्य राजमार्गको ताजा अवस्था : बाढी र पहिरोले कहाँ–कहाँ भयो अवरोध ?
मुख्य राजमार्गको ताजा अवस्था : बाढी र पहिरोले कहाँ–कहाँ भयो अवरोध ?
लोकतन्त्र जनआवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणाली हो : प्रधानमन्त्री कार्की
लोकतन्त्र जनआवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणाली हो : प्रधानमन्त्री कार्की
यस्तो छ कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमति [बुँदासहित]
यस्तो छ कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमति [बुँदासहित]
टप टी २० शृङ्खला: आज नेपाल र पाकिस्तान मैदानमा
टप टी २० शृङ्खला: आज नेपाल र पाकिस्तान मैदानमा
शिक्षा मन्त्रालयले मन्त्रिपरिषद्‍मा लैजाने भनेको प्रस्ताव पनि शिक्षकको हितमा छैन : महासंघ
शिक्षा मन्त्रालयले मन्त्रिपरिषद्‍मा लैजाने भनेको प्रस्ताव पनि शिक्षकको हितमा छैन : महासंघ
सुरु भयो एमाले केन्द्रीय कमिटी बैठक
सुरु भयो एमाले केन्द्रीय कमिटी बैठक
राष्ट्रिय सभा अन्तरगत दुई समितिको बैठक बस्दै
राष्ट्रिय सभा अन्तरगत दुई समितिको बैठक बस्दै
रवि लामिछानेको नामले संसदीय समितिको ‘टीओआर’मा लफडा !
रवि लामिछानेको नामले संसदीय समितिको ‘टीओआर’मा लफडा !
११ महिनामा यूएईमा २८१ नेपालीको मृ*त्यु
११ महिनामा यूएईमा २८१ नेपालीको मृ*त्यु
सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस्: प्रधानमन्त्री
सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस्: प्रधानमन्त्री