गृहमन्त्री लेखकद्धारा हैजा संक्रमण उपचाररत विरामीको स्वास्थ्य अवस्थाबारे जानकारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र १५, २०८२
|
|
३४ पटक हेरिएको
Shares
गृहमन्त्री लेखकद्धारा हैजा संक्रमण उपचाररत विरामीको स्वास्थ्य अवस्थाबारे जानकारी

सारांश

  • गृहमन्त्री रमेश लेखकले पर्साको वीरगञ्जस्थित विभिन्न अस्पतालमा हैजा संक्रमणका उपचाररत बिरामीको स्वास्थ अवस्था र स्वास्थ उपचारमा भइरहेको प्रयासबारे जानकारी लिएका छन्  ।
  • शनिबार साँझ वीरगन्ज पुग्नु भएका गृहमन्त्री लेखकले वीरगन्जको नारायणी अस्पताल, तराई अस्पताल र वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचाररत बिरामीको स्वास्थ्यबारे जानकारी लिएका हुन् ।
  • गृहमन्त्री लेखकले वीरगन्जमा फैलिएको हैजा महामारी नियन्त्रणका लागि नेपाली सेनासहित तीनै सुरक्षा निकायका जनशक्ति खटाइने बताए ।

१५ भदौ, वीरगन्ज ।

गृहमन्त्री रमेश लेखकले पर्साको वीरगञ्जस्थित विभिन्न अस्पतालमा हैजा संक्रमणका उपचाररत बिरामीको स्वास्थ अवस्था र स्वास्थ उपचारमा भइरहेको प्रयासबारे जानकारी लिएका छन्  । शनिबार साँझ वीरगन्ज पुग्नु भएका गृहमन्त्री लेखकले वीरगन्जको नारायणी अस्पताल, तराई अस्पताल र वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचाररत बिरामीको स्वास्थ्यबारे जानकारी लिएका हुन् ।

गृहमन्त्री लेखकले वीरगन्जमा फैलिएको हैजा महामारी नियन्त्रणका लागि नेपाली सेनासहित तीनै सुरक्षा निकायका जनशक्ति खटाइने बताए । महामारी नियन्त्रणका लागि सरकार गम्भीर रहेको भन्दै गृहमन्त्री लेखकले केन्द्रीयसुरक्षा समितिको निर्णयअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाबाट मेडिकल फिल्डका जनशक्ति पठाउने निर्णय भएको बताएका छन् ।

अस्पताल प्रशासनबाट माग भए सुरक्षा निकायबाट तत्काल जनशक्ति र औषधि उपलब्ध गराइने उनको भनाई थियो । ‘नागरिकको जीवन जोगाउन कुनै कमी हुन दिन्नौँ । तपाईँलाई थप जनशक्ति वा औषधि आवश्यक भए नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको चिकित्सक टोलीका साथै औषधि र उपकरण तत्काल उपलब्ध हुन्छ,’ गृहमन्त्री लेखकले भने यसका लागि केन्द्रीय सुरक्षा समितिको बैठकले निर्णय गरिसकेको छ ।

प्रधानमन्त्रीले पनि प्रतिनिधिसभा बैठकमा पनि सुरक्षा निकायका चिकित्सक परिचालन गर्ने बताएका  छन् । हैजा पुर्णरुपमा नियन्त्रणमा ल्याउन सरकारले विशेषज्ञहरूसँग सल्लाह गरेर मूल कारण पहिचान गर्नुपर्नेमा उनले जोड दिए  । गृहमन्त्री लेखकले हैजा महामारी क्षेत्रको वस्तु–अवस्था बुझ्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका २ जना डाक्टरलाई जिम्मेवारी दिए  ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संस्कृत विश्वविद्यालयका उपकुलपति नेपालले पनि दिए राजीनामा
संस्कृत विश्वविद्यालयका उपकुलपति नेपालले पनि दिए राजीनामा
अन्तर्राष्ट्रिय सङ्गठनसँग सम्बन्ध विस्तार गर्दै जसपा नेपाल
अन्तर्राष्ट्रिय सङ्गठनसँग सम्बन्ध विस्तार गर्दै जसपा नेपाल
संसदीय छानबिन समितिको टीओआर टुंग्याउन कार्यदलको बैठक सुरु
संसदीय छानबिन समितिको टीओआर टुंग्याउन कार्यदलको बैठक सुरु
मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
मधेशका पूर्व अर्थमन्त्री यादव र बागमतीका मेयर थापाविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा
आज समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिंदै
आज समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिंदै
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका ३ वटा उपसमिति गठन
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका ३ वटा उपसमिति गठन
राजेन्द्र महतो, अशोक राई र रेशम चौधरीको एउटै चुनाव चिह्न
राजेन्द्र महतो, अशोक राई र रेशम चौधरीको एउटै चुनाव चिह्न
१०५ किलो गाँजासहित युवक पक्राउ
१०५ किलो गाँजासहित युवक पक्राउ
घट्यो सुनचाँदीको मुल्य घट्यो
घट्यो सुनचाँदीको मुल्य घट्यो
स्मार्ट टेलिकमको ठगीमा संलग्न भेटिए राजनीतिक जीवनबाट बिदा लिन्छु – जगदिश खरेल
स्मार्ट टेलिकमको ठगीमा संलग्न भेटिए राजनीतिक जीवनबाट बिदा लिन्छु – जगदिश खरेल