तीन वटा संसदीय समितिको बैठक बस्दै 

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २०, २०८३
|
|
२ पटक हेरिएको
Shares
तीन वटा संसदीय समितिको बैठक बस्दै 

सारांश

  • आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको छ ।
  • हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठक बस्ने भएको हो ।
  • हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक बिहान ९ बजे बस्ने भएको छ ।

 

काठमाडौं ।

आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको छ । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठक बस्ने भएको हो ।

हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक बिहान ९ बजे बस्ने भएको छ । बैठकमा ‘जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय र भोटेकोशी-त्रिशुली विपद्’ सम्बन्धमा गृह मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल हुने कार्यसूची रहेको छ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा समितिको वार्षिक कार्ययोजना सम्बन्धमा तथा विविध विषयमा छलफल हुने भएको छ । संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठक बस्ने भएको छ । बैंठकमा प्रस्तावित राजदूत उपर प्राप्त उजुरी खोल्ने र प्रस्तावित राजदूतहरूबाट पेश भएको कार्ययोजना माननीय सदस्यहरूलाई वितरण गर्ने विषयमा छलफल हुने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?