हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

Raju Yadav Raju Yadav
|
मंगलबार, पौष १, २०८२
|
|
२ पटक हेरिएको
Shares
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

सारांश

  •   पुस १, धरान ।
  • धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेतृत्व गरेको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राज कुमार तामाङ लामालाई प्रहरीले पक्राउ गरेको छ ।
  • विश्वक्रान्ति, कुमार र देवराज लामा भनेर चिनिने ५० वर्षीय लामालाई मंगलबार कपनबाट पक्राउ गरिएको सीआईबीका एसएसपी शिव कुमार श्रेष्ठले जानकारी दिए ।

 

पुस १, धरान ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेतृत्व गरेको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राज कुमार तामाङ लामालाई प्रहरीले पक्राउ गरेको छ । विश्वक्रान्ति, कुमार र देवराज लामा भनेर चिनिने ५० वर्षीय लामालाई मंगलबार कपनबाट पक्राउ गरिएको सीआईबीका एसएसपी शिव कुमार श्रेष्ठले जानकारी दिए । २०६८ मा काठमाडौँको बबरमहलमा भएको बम विस्फोटमा संलग्न मुद्दामा जेलबाट छुटेका लामा अहिले पाँचथरमा दर्ता भएको विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका हुन् ।

पाँचथरमा दर्ता भएको मुद्दामा उनी फरार देखिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । असारमा पाँचथरको भुसपातेमा उनलाई प्रहरीले विस्फोटक पदार्थ सहित पक्राउ गरेर काठमाडौँ पठाएको थियो ।  बबरमहलमा ३ जनाको मृत्यु हुने गरी भएको विस्फोटको घटनामा त्यसबेला फरार रहेका लामालाई प्रहरीले अनुसन्धान गरेर अभियोजन गरेको थियो । बबरमहल घटनामा कैद सजायको फैसला भएपछि नख्खु कारागारमा सजाय भुक्तान गरेर लामा २०७६ फागुन ७ मा प्रजातन्त्र दिवसको दिन छुटेका थिए । उनी विरुद्ध पाँचथरमा दर्ता भएको मुद्दा विचाराधीन अवस्थामा रहेको भेटिएको छ । उनलाई सीआईबीले थप अनुसन्धानको लागि पाँचथर पठाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?