सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर २३, २०८२
|
|
३४ पटक हेरिएको
Shares
सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की

सारांश

  • प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुशीला कार्कीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० लाई पुनर्जीवित गर्ने, अझ गतिशील, समावेशी र कार्यमुखी बनाउने नयाँ संकल्प आवश्यक रहेकामा जोड दिनुभएको छ ।
  • सार्कको ४१औँ चार्टर दिवसको अवसरमा सदस्य राष्ट्रका सरकार र जनतामा शुभकामना व्यक्त गर्दै उहाँले साझा उद्देश्यमा एकताबद्ध भएर यस क्षेत्रका चुनौतीहरूको सामना गर्न, आम हितको रक्षा गर्न र जनताका आकांक्षा पूर्ण गर्न सकिने उल्लेख गर्नुभएको छ ।
  • “झण्डै चार दशकअघि हाम्रा संस्थापक नेताहरूले शान्ति, स्थिरता र साझा समृद्धिले एकीकृत दक्षिण एसियाको कल्पना गर्नुभएको थियो ।

 

२३ मंसिर, काठमाडौं ।

प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुशीला कार्कीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० लाई पुनर्जीवित गर्ने, अझ गतिशील, समावेशी र कार्यमुखी बनाउने नयाँ संकल्प आवश्यक रहेकामा जोड दिनुभएको छ । सार्कको ४१औँ चार्टर दिवसको अवसरमा सदस्य राष्ट्रका सरकार र जनतामा शुभकामना व्यक्त गर्दै उहाँले साझा उद्देश्यमा एकताबद्ध भएर यस क्षेत्रका चुनौतीहरूको सामना गर्न, आम हितको रक्षा गर्न र जनताका आकांक्षा पूर्ण गर्न सकिने उल्लेख गर्नुभएको छ । “झण्डै चार दशकअघि हाम्रा संस्थापक नेताहरूले शान्ति, स्थिरता र साझा समृद्धिले एकीकृत दक्षिण एसियाको कल्पना गर्नुभएको थियो । उहाँहरूको सामूहिक दूरदृष्टिले सार्कको जन्म दियो, एक यस्तो मञ्चको रूपमा, जसले क्षेत्रीय सहयोग प्रवर्द्धन गर्ने, मित्रताको सम्बन्ध सुदृढ गर्ने र हाम्रा जनताको कल्याण वृद्धि गर्ने उद्देश्य राख्दछ”, उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री कार्कीले विगत वर्षहरूमा सार्कले आपसी समझदारी अभिवृद्धि गर्ने, पारस्परिक विश्वास मजबुत पार्ने र यस क्षेत्रभर जीवनस्तर सुधार गर्ने लक्ष्यसहितका पहलहरू अघि बढाउन महत्वपूर्ण मञ्चको रूप लिन सफल भएको बताउनुभएको छ । खाद्य तथा ऊर्जा सुरक्षा, जलवायु परिवर्तन, डिजिटल विभेद र गरिबी न्यूनीकरणजस्ता समयका जटिल चुनौतीहरूको सामना गर्न सामूहिक आत्मनिर्भरता गहिरो बनाउने, साझा क्षेत्रीय पहिचानलाई पोषित गर्ने कार्यमा सार्क चार्टर निरन्तर मार्गदर्शक बनेको उहाँले उल्लेख गर्नुभएको छ । उहाँले हालका अध्यक्षको रूपमा, नेपालले सार्क चार्टरमा निहित सिद्धान्तअनुसार मित्रता, एकता तथा सहमतिको भावनाअनुसार सबै सदस्य राष्ट्रहरूसँग नजिकबाट सहकार्य गर्ने दृढ प्रतिबद्धता पुनः व्यक्त गरेको उल्लेख गर्नुभएको छ । संयुक्त प्रयासमार्फत साझा विकास लक्ष्यतर्फको प्रगतिलाई छिटो पार्न सकिने र यस क्षेत्रमा बसोबास गर्ने विश्वको एक चौथाइ जनताका लागि ठोस लाभहरू पु¥याउन सकिने प्रधानमन्त्री कार्कीको भनाइ छ । उहाँले यस चार्टर दिवसले सबैमा नयाँ प्रतिबद्धता, गहिरो सहकार्य र क्षेत्रीय एकताको पुनर्जीवित भावना जगाओस् भनी शुभकामना गर्नुभएको छ ।

सार्कको स्थापना ८ डिसेम्बर १९८५ मा बङ्गलादेशको ढाकामा सार्क चार्टरमा हस्ताक्षरसँगै भएको हो । सार्कमा अफगानिस्तान, बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्का गरी आठ सदस्य राष्ट्रहरू समावेश छन । यस सङ्गठनको सचिवालय १७ जनवरी १९८७ मा काठमाडौँमा स्थापना गरिएको हो । सदस्य राष्ट्रका राष्ट्रप्रमुख वा सरकार प्रमुखको बैठक सार्कअन्तर्गतको सबैभन्दा उच्च निर्णय–निर्माण निकाय हो । शिखर बैठकहरू सामान्यतया दुई–दुई वर्षको अन्तरालमा आयोजित गरिन्छन् र वर्णानुक्रमअनुसार सदस्य राष्ट्रहरूले आयोजना गर्छन् । शिखर सम्मेलन आयोजना गर्ने सदस्य राष्ट्रले उक्त अवधिमा सङ्गठनको अध्यक्षता ग्रहण गर्छ । सार्कका हालसम्म १८ शिखर सम्मेलन भइसकेका छन् । सार्कको १८औँ शिखर सम्मेलन सन् २०१४ नोभेम्बर २६ र २७ मा काठमाडौँमा भएको थियो । त्यसयता र्साकको शिखर सम्मेलन हुन सकेको छैन । सङ्गठनका सबै तहका निर्णयहरू सर्वसम्मतिका आधारमा गरिने, साथै द्विपक्षीय तथा विवादास्पद विषयहरूलाई सङ्गठनको छलफलबाट बाहिर राखिनेलगायत सार्क चार्टरका उद्देश्य रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समाजवादी मोर्चा घोषणा आज हुदै
समाजवादी मोर्चा घोषणा आज हुदै
वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन
वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन
दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा भर्ती खुल्यो, कोकोले दिन पाउँछन् आवेदन ?
दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा भर्ती खुल्यो, कोकोले दिन पाउँछन् आवेदन ?
बुटवलमा आइसक्रिम चोरी आरोपमा फसाइएका शिक्षक निर्दोष
बुटवलमा आइसक्रिम चोरी आरोपमा फसाइएका शिक्षक निर्दोष
त्रिवि क्रिकेट मैदानमा सिट जडान सुरु, पाँच रङका कुर्सीले प्यारापिट सजिने
त्रिवि क्रिकेट मैदानमा सिट जडान सुरु, पाँच रङका कुर्सीले प्यारापिट सजिने
दुई मैत्रीपूर्ण खेलका लागि बगंलादेशको फुटबल टोली नेपालमा
दुई मैत्रीपूर्ण खेलका लागि बगंलादेशको फुटबल टोली नेपालमा
झापामा एक जनाको हत्या, छिमेकी पक्राउ
झापामा एक जनाको हत्या, छिमेकी पक्राउ
पाकिस्तानको अर्धसैनिक बलको मुख्यालयमा आ*क्रमण, ३ जनाको मृ*त्यु
पाकिस्तानको अर्धसैनिक बलको मुख्यालयमा आ*क्रमण, ३ जनाको मृ*त्यु
गृह मन्त्रालयको भर्चुअल बैठक : निर्वाचन सुरक्षामा केन्द्रित रहन निर्देशन
गृह मन्त्रालयको भर्चुअल बैठक : निर्वाचन सुरक्षामा केन्द्रित रहन निर्देशन
चुनावको वातावरण बनाउन प्रधानमन्त्रीले खोजिन् नागरिक समाजको साथ
चुनावको वातावरण बनाउन प्रधानमन्त्रीले खोजिन् नागरिक समाजको साथ