विधायन व्यवस्थापन समितिको बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र ८, २०८२
|
|
२ पटक हेरिएको
Shares
विधायन व्यवस्थापन समितिको बैठक बस्दै

सारांश

  • ८ भदौ, काठमाडौं सङ्घीय संसद् विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।
  • समितिको बैठकमा ‘राष्ट्रिय विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि दफावार छलफल हुने कार्यसूची छ ।
  • सो विधेयक, २०८१ पुस २३ गते राष्ट्रियसभामा दर्ता भएको थियो ।

८ भदौ, काठमाडौं

सङ्घीय संसद् विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । समितिको बैठकमा ‘राष्ट्रिय विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि दफावार छलफल हुने कार्यसूची छ । सो विधेयक, २०८१ पुस २३ गते राष्ट्रियसभामा दर्ता भएको थियो ।

सो विधेयकमाथि २०८१ फाुगन ४ गते सामान्य छलफल भएको थियो । सोही दिन नै समितिमा दफावार छलफलका लालि पठाइएको थियो । जैविक वा निर्जीव वस्तु, प्रमाण, कुनै लिखत, मालसामान, भौतिक वस्तु तथा विद्युतीय सामग्री वा अनुसन्धानसँग सम्बन्धित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि प्राप्त वस्तुलाई वैज्ञानिक विधि र पद्दतिको प्रयोगद्वारा प्रमाणको सङ्कलन गर्न प्रयोगशाला स्थापना गरिनेछ । प्रयोगशालाको स्थापना, काम कर्तव्य र अधिकार, सञ्चालक समितिको गठन तथा काम कर्तव्य र अधिकार, परीक्षणसम्बन्धी व्यवस्था, कार्यकारी निर्देशक र कर्मचारीको व्यवस्था, प्रयोगशालाको कोष, लेखा तथा लेखापरीक्षणलगायतको व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आन्दोलनमा घाइते कवाड व्यवसायीको नि:शुल्क उपचार गर्न अमरेशको माग
आन्दोलनमा घाइते कवाड व्यवसायीको नि:शुल्क उपचार गर्न अमरेशको माग
उद्योग वाणिज्य संघ कृष्णनगर द्वारा मन्त्री अधिकारीलाई स्वागत
शंकास्पद बिल सहितको ट्रक नियन्त्रणमा
शंकास्पद बिल सहितको ट्रक नियन्त्रणमा
घुससहित पक्राउ परेका रोल्पाका तत्कालीन ट्राफिक प्रमुख दोषी ठहर
घुससहित पक्राउ परेका रोल्पाका तत्कालीन ट्राफिक प्रमुख दोषी ठहर
अब अस्पतालहरूले अनिवार्य मेडिकल उपकरणको अडिट गर्नुपर्ने
अब अस्पतालहरूले अनिवार्य मेडिकल उपकरणको अडिट गर्नुपर्ने
गृह मन्त्रालयद्वारा हालसम्मकै उच्च बेरुजु फर्छ्योट
गृह मन्त्रालयद्वारा हालसम्मकै उच्च बेरुजु फर्छ्योट
सूर्यदर्शन सहकारीका पीडितले अदालत अगाडि बाटोमै सुतेर गरे विरोध
सूर्यदर्शन सहकारीका पीडितले अदालत अगाडि बाटोमै सुतेर गरे विरोध
पक्राउ परेका पूर्वमन्त्री खड्का पनि अस्पताल भर्ना
पक्राउ परेका पूर्वमन्त्री खड्का पनि अस्पताल भर्ना
प्रधानमन्त्रीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै
प्रधानमन्त्रीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै
चैत १५ को जनप्रदर्शन भव्य बनाउन एकीकृत समाजवादीका आयोग र विभागहरूले तयारी गर्ने
चैत १५ को जनप्रदर्शन भव्य बनाउन एकीकृत समाजवादीका आयोग र विभागहरूले तयारी गर्ने