देश उकास्ने जिम्मा विद्यालय, राजनीतिज्ञ र कर्मचारीको : शेखर कोइराला

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र ६, २०८२
|
|
२ पटक हेरिएको
Shares
देश उकास्ने जिम्मा विद्यालय, राजनीतिज्ञ र कर्मचारीको : शेखर कोइराला

सारांश

  • ६ भदौ, काठमाडौं ।
  • नेपाली कांग्रेसका नेता डा.
  • शेखर कोइरालाले हरेक दिन देशको राजनीतिक र सामाजिक अवस्था अधोगतितर्फ उन्मुख रहेको बताएका छन् ।

६ भदौ, काठमाडौं ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले हरेक दिन देशको राजनीतिक र सामाजिक अवस्था अधोगतितर्फ उन्मुख रहेको बताएका छन् । उनले सबै मिलेर देशलाई कसरी अघि बढाउन सकिन्छ भन्ने सकारात्मक सोचका साथ अघि बढ्न जरुरी रहेको पनि बताए । काठमाडौंमा शुक्रबार ज्ञानज्योति महिला माध्यामिक विद्यालयको २० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । स्खलनतर्फ उन्मुख देशको राजनीतिक र सामाजिक अवस्थालाई उकास्ने जिम्मा विद्यालय, नेता र कर्मचारीहरुको भएको बताए ।

‘अहिले राजनीतिक मात्रै सामाजिक अवस्था पनि देशको स्खलनतिर गइरहेको छ । झरिरहेको छ । त्यसलाई उकास्ने जिम्मा स्कुलहरुले पनि लिनुपर्छ, राजनीतिज्ञहरु, कर्मचारीहरुले पनि लिनुपर्छ,’ उनले भने, ‘सकारात्मक सोचका साथ अघि बढ्ने हो भने देशलाई अघि बढाउने कल्पनामा अघि बढ्नसक्छौँ ।’ लोकतन्त्रमा शिक्षा नै सबैभन्दा महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले शिक्षित समाज बनाउन जरुरी रहेको धारणा राखे । ‘लोकतन्त्रमा शिक्षा नै सबैभन्दा महत्वपूर्ण कुरा हो ।

शिक्षित समाज भयो भने सभ्य देश बन्छ । घरमा एउटा महिला शिक्षित भए भने परिवार नै शिक्षित हुन्छ,’ उनले भने । उनले थपे, ‘हामी कतै न कतै चुकिरहेका छौँ । नियम, ऐन, कानून बनाउने मानिसहरु, सरकारमा बस्ने साथीहरु चुकेका छौँ । पत्रकार मित्रहरु पनि चुकेको म देख्छु । सार्वजनिक विद्यालयलाई प्रवर्द्धन गर्ने हिसावले अघि बढ्ने हो भने हामी सफल भइन्छ ।’ शिक्षाले नै विश्वलाई चिनाउनसक्ने भएकालै शिक्षामा पहिलो जोड दिनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीका २२ वर्षे राजेन्द्र, जसले कृत्रिम खुट्टाको सहारामा अटो रिक्सा चलाएर कमाउँछन् मासिक ६० हजार
सर्लाहीका २२ वर्षे राजेन्द्र, जसले कृत्रिम खुट्टाको सहारामा अटो रिक्सा चलाएर कमाउँछन् मासिक ६० हजार
शिक्षामन्त्री महावीर पुनले मतदाता नामवलीमा गराए नाम दर्ता
शिक्षामन्त्री महावीर पुनले मतदाता नामवलीमा गराए नाम दर्ता
विद्यालय शिक्षा सुधारका लागि आजदेखि काठमाडौँ महानगरमा शैक्षिक मेला
विद्यालय शिक्षा सुधारका लागि आजदेखि काठमाडौँ महानगरमा शैक्षिक मेला
तोलामा २ हजार ८ सय रुपैयाँ बढ्यो सुन
तोलामा २ हजार ८ सय रुपैयाँ बढ्यो सुन
रौतहटमा चुनावी परिणामको अर्को पाटो : १२८ उम्मेदवारको जमानत जफत, राज्य कोषमा १२ लाखभन्दा बढी जम्मा
रौतहटमा चुनावी परिणामको अर्को पाटो : १२८ उम्मेदवारको जमानत जफत, राज्य कोषमा १२ लाखभन्दा बढी जम्मा
उत्तर प्रदेश: ५ सन्तानकी आमा र अविवाहित युवक एउटै रुखमा झुण्डि*एको अवस्थामा मृ*त फेला
उत्तर प्रदेश: ५ सन्तानकी आमा र अविवाहित युवक एउटै रुखमा झुण्डि*एको अवस्थामा मृ*त फेला
तातोपानी भन्सार नाकाबाट दशैंका सामान ल्याउन सुरु
तातोपानी भन्सार नाकाबाट दशैंका सामान ल्याउन सुरु
प्रधानन्यायाधीश राउतको विदेश भ्रमण रद्द
प्रधानन्यायाधीश राउतको विदेश भ्रमण रद्द
प्रहरी प्रभाग हरिसिद्धीबाट लुटिएको पेस्तोल र गोलीसहित एक जना पक्राउ
प्रहरी प्रभाग हरिसिद्धीबाट लुटिएको पेस्तोल र गोलीसहित एक जना पक्राउ
काठमाडौं महानगरका प्रहरी निरीक्षक नगरकोटीको निधन
काठमाडौं महानगरका प्रहरी निरीक्षक नगरकोटीको निधन