त्रिभुवन विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ
सारांश
- ५ साउन, काठमाडौं ।
- त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
- पक्राउ पर्नेमा ३२ वर्षीय भारतीय नागरिक धर्मेश रसिकभाइ चौनारा छन् ।
५ साउन, काठमाडौं ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३२ वर्षीय भारतीय नागरिक धर्मेश रसिकभाइ चौनारा छन् । उनलाई १४ किलो २१० ग्राम गाँजासहित विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।
उनी थाई एयरलाइन्सको उडानमार्फत बैंककबाट काठमाडौं आएका थिए । उनले बोकेको सुटेकसमा उक्त गाँजा भेटिएको हो । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर पठाइएइको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया