गर्मी बढेपछि गोरखा र तनहुँ‍मा पनि विद्यालय बन्द

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ २९, २०८२
|
|
२६ पटक हेरिएको
Shares
गर्मी बढेपछि गोरखा र तनहुँ‍मा पनि विद्यालय बन्द

सारांश

  •   गर्मी अत्यधिक बढेपछि गाेरखा र तनहुँमा पनि विद्यालय बन्द गरिएका छन्।
  • गोरखाको पालुङटार नगरपालिकाका विद्यालयहरुमा आजदेखि पठनपाठन बन्द गरिएको छ।
  •   नगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिनका लागि पठनपाठन बन्द गर्ने निर्णय गरिएको नगरप्रमुख विवश चिन्तनले जानकारी  दिए।

२९ जेठ, काठमाडौं । 

गर्मी अत्यधिक बढेपछि गाेरखा र तनहुँमा पनि विद्यालय बन्द गरिएका छन्। गोरखाको पालुङटार नगरपालिकाका विद्यालयहरुमा आजदेखि पठनपाठन बन्द गरिएको छ।  नगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिनका लागि पठनपाठन बन्द गर्ने निर्णय गरिएको नगरप्रमुख विवश चिन्तनले जानकारी  दिए।

‘गर्मीका कारण बालबालिकालाई समस्या हुनसक्ने भएकाले नगरपालिकाले मातहतका सबै विद्यालय आज र भोलि बन्द गर्ने निर्णय गरिएकाे हाे,’ उनले भने। आगामी असार १ गतेबाट नियमित रूपमा पठनपाठन हुने नगरपालिकाले जनाएको छ। त्यसैगरी तनहुँको आँबुखैरेनी गाउँपालिकाले पनि सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा आज र भोलि गर्मी बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाको निर्णय अनुसार गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा पर्ने असरलाई ध्यानमा राख्दै दुई दिन बिदा दिने निर्णय गरिएको हो।

गाउँपालिकाले सूचना जारी गर्दै सम्पूर्ण विद्यालय सञ्चालक, अभिभावक तथा सरोकारवाला निकायलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।  ‘गर्मीका कारण देखिएका समस्या न्यूनीकरण गर्न विद्यालय बन्दको निर्णय गरिएको हो, सबैले आवश्यक सतर्कता अपनाउन अनुरोध छ’, गाउँपालिका अध्यक्ष शुक्र चुमानद्वारा जारी सूचनामा उल्लेख छ ।  गाउँपालिकाले विद्यार्थीलाई घरभित्र वा शीतल स्थानमा बस्न, प्रशस्त पानी पिउन, दिउँसो घाममा बाहिर ननिस्कन, ताजा फलफूल तथा पोषिलो खाना खान र साँझ बिहानमा मात्र शारीरिक व्यायाम वा खेलकुदमा सहभागी हुन अनुरोध गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनको मूल्यमा भारी गिरावट, आज कतिमा हुदैँछ कारोबार ?
सुनको मूल्यमा भारी गिरावट, आज कतिमा हुदैँछ कारोबार ?
वीरगन्जमा हैजा संक्रमण नियन्त्रण गर्न दुई मन्त्रीले गरे सहमति
वीरगन्जमा हैजा संक्रमण नियन्त्रण गर्न दुई मन्त्रीले गरे सहमति
प्रचण्ड पुगे बाँके र बर्दियाका शहीद परिवारको घर, कमलको पातमा ढिग्रीको सत्कार
प्रचण्ड पुगे बाँके र बर्दियाका शहीद परिवारको घर, कमलको पातमा ढिग्रीको सत्कार
राप्रपामा महाधिवेशनको माग तीव्र, नेतृत्वमाथि प्रश्न
राप्रपामा महाधिवेशनको माग तीव्र, नेतृत्वमाथि प्रश्न
आजदेखि नयाँ नोट साट्न पाइने
आजदेखि नयाँ नोट साट्न पाइने
सशस्त्र प्रहरीद्वारा २ सय भन्दा बढी गाँजासहित बोलेरो गाडी नियन्त्रणमा
सशस्त्र प्रहरीद्वारा २ सय भन्दा बढी गाँजासहित बोलेरो गाडी नियन्त्रणमा
एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ निष्काशन गर्ने
एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ निष्काशन गर्ने
घुससहित पक्राउ परेका नापी सर्वेक्षकसहित तीन जनाविरूद्ध भ्रष्टाचार मुद्दा
घुससहित पक्राउ परेका नापी सर्वेक्षकसहित तीन जनाविरूद्ध भ्रष्टाचार मुद्दा
सिंहदरबारमा प्रचण्ड–ओली भेटवार्ता
सिंहदरबारमा प्रचण्ड–ओली भेटवार्ता
पूर्वराजालाई समितिको बैठकमा किन बोलाउन मिल्दैन ? वरिष्ठ अधिवक्ता भट्टराईले दिए ४ कारण
पूर्वराजालाई समितिको बैठकमा किन बोलाउन मिल्दैन ? वरिष्ठ अधिवक्ता भट्टराईले दिए ४ कारण