पहाडी भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

Raju Yadav Raju Yadav
|
शुक्रबार, बैशाख २६, २०८२
|
|
३ पटक हेरिएको
Shares
पहाडी भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

सारांश

  •   २६ वैशाख, काठमाडौं ।
  • हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव छ ।
  • साथै बंगालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक मात्र प्रभाव छ ।

 

२६ वैशाख, काठमाडौं ।

हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव छ । साथै बंगालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक मात्र प्रभाव छ । त्यसैले देशका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहे पनि अन्य स्थानमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाले जानकारी दिए ।

‘मौसममा खासै डिस्टर्ब छैन,’ मौसमविद झाले भने, ‘प्रिमनसुन भएकाले बादल लाग्ने र पहाडी भूभागका एक दुई स्थानमा आइसोलेटेड रुपमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना मात्र छ ।’ मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने हिमाली भागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।आज राति पनि मौसमको अवस्था यस्तै नै रहने पूर्वानुमान छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ