विद्यार्थीहरूलाई च्याटजीपीटी प्लस निःशुल्क दिदै ओपन एआई

Raju Yadav Raju Yadav
|
सोमबार, चैत्र २५, २०८१
|
|
२ पटक हेरिएको
Shares
विद्यार्थीहरूलाई च्याटजीपीटी प्लस निःशुल्क दिदै ओपन एआई

सारांश

  •   २५ चैत, काठमाडौं ।
  • ओपन एआईको प्रतिस्पर्धी एन्थ्रोपिकले ‘क्लाउड फर एजुकेसन’ नामक सेवा सार्वजनिक गरेपछि, ओपन एआईले पनि मासिक २० अमेरिकी डलर पर्ने च्याटजीपीटी प्लस योजना कलेजका विद्यार्थीहरूका लागि मे महिनाको अन्त्यसम्म निःशुल्क बनाउने घोषणा गरेको छ ।
  •  यसले गर्दा विद्यार्थीहरूलाई जीपीटी – ४o जस्तो उन्नत भाषा मोडेल र नयाँ इमेज जेनेरेसन टुल प्रयोग गर्न सहज हुनेछ ।

२५ चैत, काठमाडौं ।

ओपन एआईको प्रतिस्पर्धी एन्थ्रोपिकले ‘क्लाउड फर एजुकेसन’ नामक सेवा सार्वजनिक गरेपछि, ओपन एआईले पनि मासिक २० अमेरिकी डलर पर्ने च्याटजीपीटी प्लस योजना कलेजका विद्यार्थीहरूका लागि मे महिनाको अन्त्यसम्म निःशुल्क बनाउने घोषणा गरेको छ ।  यसले गर्दा विद्यार्थीहरूलाई जीपीटी – ४o जस्तो उन्नत भाषा मोडेल र नयाँ इमेज जेनेरेसन टुल प्रयोग गर्न सहज हुनेछ ।

‘अहिलेका लागि हामी अमेरिका र क्यानडामा सीमित समयका लागि विद्यार्थीहरूलाई प्लसमा छुट दिइरहेका छौँ,’ ओपन एआईले भनेको छ, ‘यो एक प्रयोगात्मक उपभोक्ता कार्यक्रम हो र हामीले यसलाई अन्य देश र विद्यालयहरूमा विस्तार गर्ने या नगर्ने भविष्यमा निर्णय गर्नेछौँ ।’ यस प्लस योजनामा विद्यार्थीहरूले अन्य सुविधाहरू पनि पाउनेछन्, जस्तै – सिस्टम व्यस्त भएको बेलामा प्राथमिकतासहित पहुँच, बढी सन्देश पठाउने क्षमता र डिप रिसर्च टुलको प्रयोग गर्ने सुविधा, जसले सयौं अनलाइन स्रोतहरूबाट रिपोर्ट बनाउन सक्ने छ । एआई उपकरणहरू अहिले विद्यार्थीहरू माझ निकै लोकप्रिय बन्दै गइरहेका छन् ।

ओपन एआईले भर्खरै उल्लेख गरेअनुसार, १८ देखि २४ वर्षका मध्ये एक तिहाई युवा पहिले नै च्याटजीपीटी प्रयोग गरिरहेका छन् ।  एन्थ्रोपिकले अझै अघि बढ्दै क्लाउड फर एजुकेसनमार्फत ‘लर्निङ मोड’ ल्याएको छ, जसले विद्यार्थीहरूलाई सिधा उत्तर नदिई समाधानतर्फ डोर्‍याउने काम गर्छ । जहाँ एन्थ्रोपिकले आफूलाई एक शैक्षिक ट्यूटरको रूपमा प्रस्तुत गरिरहेको छ । ओपन एआईले भने आफ्नो शक्तिशाली अनुसन्धान उपकरणहरू उपलब्ध गराउने रणनीति अपनाएको छ । एन्थ्रोपिकले एजुकेसनलाई भर्सनलाई विभिन्न विश्वविद्यालयहरूसँग साझेदारी गर्दै विद्यार्थीहरूलाई निःशुल्क प्रदान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभा निर्वाचनका लागि रोल्पाबाट विप्लवको नाम सिफारिस
प्रतिनिधिसभा निर्वाचनका लागि रोल्पाबाट विप्लवको नाम सिफारिस
काठमाडौँ उपत्यकामा आज सार्वजनिक बिदा
काठमाडौँ उपत्यकामा आज सार्वजनिक बिदा
नेप्से निरन्तर घट्दो क्रममा, कारोबार रकममा भने सामान्य सुधार
नेप्से निरन्तर घट्दो क्रममा, कारोबार रकममा भने सामान्य सुधार
भिरबाट लडेका वृद्धको डढेलोमा परेर मृत्यु
भिरबाट लडेका वृद्धको डढेलोमा परेर मृत्यु
पहिलोपल्ट नेकपा एसको कार्यालय पुगे ओली, पत्रकार कोइरालालाई दिए श्रद्धाञ्जली
पहिलोपल्ट नेकपा एसको कार्यालय पुगे ओली, पत्रकार कोइरालालाई दिए श्रद्धाञ्जली
साफ यू–१७ च्याम्पियनसिपःसेमिफाइनलमा नेपाल भारतसँग भिड्दै
साफ यू–१७ च्याम्पियनसिपःसेमिफाइनलमा नेपाल भारतसँग भिड्दै
बिजुलीको पोलमा मोटरसाइकल ठोकिँदा चालकको मृत्यु
बिजुलीको पोलमा मोटरसाइकल ठोकिँदा चालकको मृत्यु
पशुपतिनाथको सम्पत्ति २१ वर्षपछि फिर्ता, मारवाडीको कब्जाबाट मुक्त भयो गौशाला धर्मशाला
पशुपतिनाथको सम्पत्ति २१ वर्षपछि फिर्ता, मारवाडीको कब्जाबाट मुक्त भयो गौशाला धर्मशाला
तीनकुने घटनामा संलग्न भएको अभियोगमा थप २४ जना पक्राउ
तीनकुने घटनामा संलग्न भएको अभियोगमा थप २४ जना पक्राउ
सर्लाहीमा पूर्वराज्यमन्त्री रायको हत्या, डीआईजी सहितकाे टाेली घटनास्थलमा
सर्लाहीमा पूर्वराज्यमन्त्री रायको हत्या, डीआईजी सहितकाे टाेली घटनास्थलमा