रिंकु सदाय मृत्यु प्रकरण: पञ्चायत गर्ने वडा सदस्य साहसहित चारजना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन २३, २०८१
|
|
४६ पटक हेरिएको
Shares
रिंकु सदाय मृत्यु प्रकरण:  पञ्चायत गर्ने वडा सदस्य साहसहित चारजना पक्राउ

सारांश

  • सिरहा प्रहरीले वडा सदस्य नथुनी साह, राम कृपाल मण्डल, विन्देश्वर साह र नाम नखुलेका एक जनालाई पक्राउ गरेको हो।
  • नाम नखुलेका व्यक्ति रिंकुलाई अपहरण गरी बलात्कार गरेको मध्येका राम विनय मण्डलको बुवा रहेको बुझिएको छ।
  • सिरहाका प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्र पासवानले रिंकु मृत्यु प्रकरणमा वडा सदस्यसहितका व्यक्तिहरू पक्राउ परेको पुष्टि गरे।

२३ फागुन,  जनकपुरधाम–सिरहाको नवराजपुर गाउँपालिका १ भगवतीपुरकी १७ वर्षीया रिंकु सदायको मृत्यु प्रकरणमा वडा सदस्यसहित थप चारजना पक्राउ परेका छन्। सिरहा प्रहरीले वडा सदस्य नथुनी साह, राम कृपाल मण्डल, विन्देश्वर साह र नाम नखुलेका एक जनालाई पक्राउ गरेको हो। नाम नखुलेका व्यक्ति रिंकुलाई अपहरण गरी बलात्कार गरेको मध्येका राम विनय मण्डलको बुवा रहेको बुझिएको छ।

सिरहाका प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्र पासवानले रिंकु मृत्यु प्रकरणमा वडा सदस्यसहितका व्यक्तिहरू पक्राउ परेको पुष्टि गरे। उनले भने, ‘पक्राउ परेकाहरूलाई अहिले कार्यालयमा ल्याइसकिएको छैन। आएपछि विस्तृत विवरण दिन्छौँ।’ गत माघ २७ मा शौच गर्न बाहिर निस्केको बेला रिंकुलाई तीन जनाले अपहरण गरेर सामूहिक बलात्कार गरेको थियो। उक्त घटना दबाउन वडा सदस्य साहसहितका व्यक्तिहरू गाउँमै पञ्चायत बसेर पीडित परिवारलाई दबाब दिए। पञ्चायत बसेको केहि घण्टामै माघ ३० मा रिंकु घरमै मृत फेला परेकी थिइन्।

इलाका प्रहरी कार्यालयले सुरुमा बलात्कार आरोपी तीन जनामाथि आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान अगाडी बढाएको थियो। तर सामूहिक बलात्कारको रहस्य खुलेपछि पूरक उजुरी परेको छ। पीडित परिवारले सामूहिक बलात्कारका तीन आरोपी र पञ्चायतमा घटना दबाउन भूमिका खेलेका पाँच पञ्च गरी आठ जनामाथि जबरजस्ती करणी, अपहरण, हत्या र लेनदेन शीर्षकमा जाहेरी दिएको छ। जाहेरी परेकामध्ये बलात्कारका मुख्य आरोपी रुपेश मण्डल यसअघि नै पक्राउ परिसकेका छन्। यसबाहेक उजुरी परेका तीनजना अझै फरार छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीको खुटौनाबाट स्रोत नखुलेको ३२ लाख ३५ हजार रकमसहित एक भारतीय पक्राउ
सर्लाहीको खुटौनाबाट स्रोत नखुलेको ३२ लाख ३५ हजार रकमसहित एक भारतीय पक्राउ
राष्ट्रिय जनमोर्चाले घोषणा गर्‍यो राजधानी केन्द्रित आन्दोलनका कार्यक्रम
राष्ट्रिय जनमोर्चाले घोषणा गर्‍यो राजधानी केन्द्रित आन्दोलनका कार्यक्रम
भ्रष्टाचार आरोपमा बंगलादेशी क्रिकेटर सोहेली अख्तरलाई पाँच वर्ष प्रतिबन्ध
भ्रष्टाचार आरोपमा बंगलादेशी क्रिकेटर सोहेली अख्तरलाई पाँच वर्ष प्रतिबन्ध
पानीमा फोहोर भेटिएपछि उद्योगलाई दुई लाख जरिवाना
पानीमा फोहोर भेटिएपछि उद्योगलाई दुई लाख जरिवाना
पाकिस्तानको बलुचिस्तानमा बसबाट ओरालेर २३ यात्रुको गोली हानी हत्या
पाकिस्तानको बलुचिस्तानमा बसबाट ओरालेर २३ यात्रुको गोली हानी हत्या
४० जना यात्रु बोकेको बस मस्र्याङ्दी नदीमा खस्यो
४० जना यात्रु बोकेको बस मस्र्याङ्दी नदीमा खस्यो
वीरगञ्जमा एक महिलाको शव फेला
वीरगञ्जमा एक महिलाको शव फेला
एमाले प्रतिनिधि छनोट विवाद  : केन्द्रको पत्र कार्यान्वयनमा धनकुटा र ओखलढुंगामा आनाकानी
एमाले प्रतिनिधि छनोट विवाद : केन्द्रको पत्र कार्यान्वयनमा धनकुटा र ओखलढुंगामा आनाकानी
निर्वाचनको समग्र प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाइने
निर्वाचनको समग्र प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाइने
कावासोतीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, २८ घाइते
कावासोतीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, २८ घाइते
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...