९० प्रतिशतले घट्यो एनआइसी एसिया बैंकको नाफा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक ७, २०८१
|
|
४४ पटक हेरिएको
Shares
९० प्रतिशतले घट्यो एनआइसी एसिया बैंकको नाफा

सारांश

  • बैंकको गत आर्थिक वर्ष २०८०–८१ को पहिलो त्रैमासमा एक अर्ब एक करोड रूपैयाँ नाफा भएको थियो।
  • बैंकको खुद ब्याज आम्दानी, फि तथा कमिसन घटेको र प्रावधान रकम उच्चले बढेकोले नाफामा असर परेको हो।
  • बैंकको खुद ब्याज आम्दानी दुई अर्ब ७४ करोडबाट घटेर दुई अर्ब ५५ करोड रूपैयाँ पुगेको छ।

७ कार्तिक, चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो त्रैमासमा बैंकको नाफा ११ करोड पाँच लाख रूपैयाँ छ। बैंकको गत आर्थिक वर्ष २०८०–८१ को पहिलो त्रैमासमा एक अर्ब एक करोड रूपैयाँ नाफा भएको थियो।

बैंकको खुद ब्याज आम्दानी, फि तथा कमिसन घटेको र प्रावधान रकम उच्चले बढेकोले नाफामा असर परेको हो। बैंकको खुद ब्याज आम्दानी दुई अर्ब ७४ करोडबाट घटेर दुई अर्ब ५५ करोड रूपैयाँ पुगेको छ।बैंकको फि तथा कमिसनबाट हुने आम्दानी ८० करोड रूपैयाँबाट घटेर ४१ करोडमा सीमित भएको छ। बैंकले यसअघि ६४ करोड प्रावधान राखेकोमा यसपटक मात्रै एक अर्ब १६ करोड रूपैयाँ बराबर प्रावधान राखेको छ। बैंकको प्रति सेयर आम्दानी २६ रूपैयाँ ५८ पैसाबाट घटेर दुई रूपैयाँ ९१ पैसामा झरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...