हैटीमा गोली हानाहान हुँदा ७० जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन १९, २०८१
|
|
४३ पटक हेरिएको
Shares
हैटीमा गोली हानाहान हुँदा ७० जनाको मृत्यु

सारांश

  • संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले पोर्ट सोन्डेमा गिरोहबाट भएको पछिल्लो आक्रमणमा कम्तीमा १६ जना गम्भीर घाइते भएको र केही घर तथा गाडीमा आगलागी भएको उल्लेख गरेको छ ।
  • संयुक्त राष्ट्र सङ्घ मानव अधिकार विभागका प्रवक्ता थामिन अल–खितानले यो घटनाले थप त्रास बढाएको बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।
  • गिरोहहरूले राजधानी पोर्ट–ओ–प्रिन्स कब्जा गरेका छन् भने सुरक्षा र स्वास्थ्य प्रणाली प्रायः ध्वस्त अवस्थामा छ ।

 

१९ असोज, काठमाण्डौ – हैटीमा भएको गोली हानाहानमा महिला र बालबालिकासहित कम्तीमा ७० जनाको ज्यान गएको छ । संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले पोर्ट सोन्डेमा गिरोहबाट भएको पछिल्लो आक्रमणमा कम्तीमा १६ जना गम्भीर घाइते भएको र केही घर तथा गाडीमा आगलागी भएको उल्लेख गरेको छ ।

संयुक्त राष्ट्र सङ्घ मानव अधिकार विभागका प्रवक्ता थामिन अल–खितानले यो घटनाले थप त्रास बढाएको बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ । गिरोहहरूले राजधानी पोर्ट–ओ–प्रिन्स कब्जा गरेका छन् भने सुरक्षा र स्वास्थ्य प्रणाली प्रायः ध्वस्त अवस्थामा छ । त्यहाँ गिरोह र सुरक्षाकर्मीबीच झडपका घटना हुँदै आएका छन् । हालै संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले हैटीमा यस वर्षको हिंसामा तीन हजार ६०० भन्दा धेरै मानिस मारिएका जनाएको थियो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?