सिरियामा इजरायली आक्रमण, १४ जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र २४, २०८१
|
|
५० पटक हेरिएको
Shares
सिरियामा इजरायली आक्रमण, १४ जनाको मृत्यु

सारांश

  • सिरियाली सरकारी सञ्चारमाध्यमले सोमबार राति मध्य हामा प्रान्तमा इजरायली आक्रमण भएको र उक्त घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको जनाएका छन् ।
  • सरकारी समाचार संस्था सानाले एक चिकित्सकीय स्रोतलाई उद्धृत गर्दै भनेको छ, “मस्याफ आसपासका विभिन्न स्थानमा इजरायली आक्रमणका कारण १४ जनाको मृत्यु भएको छ भने ४३ जना घाइते भएका छन् ।
  • यसअघि सिरियाली युद्ध अनुगमनकारी संस्था (सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स)ले इजरायली आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको जानकारी दिएको थियो ।
२४ भदौ । सिरियाली सरकारी सञ्चारमाध्यमले सोमबार राति मध्य हामा प्रान्तमा इजरायली आक्रमण भएको र उक्त घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको जनाएका छन् ।सरकारी समाचार संस्था सानाले एक चिकित्सकीय स्रोतलाई उद्धृत गर्दै भनेको छ, “मस्याफ आसपासका विभिन्न स्थानमा इजरायली आक्रमणका कारण १४ जनाको मृत्यु भएको छ भने ४३ जना घाइते भएका छन् । यसअघि सिरियाली युद्ध अनुगमनकारी संस्था (सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स)ले इजरायली आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको जानकारी दिएको थियो । इजरायलले पछिल्लो समय आफ्ना छिमेकी मुलुकमा बसेर इजरायलमाथि आक्रमण गर्ने विभिन्न समूहमाथिको कारबाहीलाई बढाएको छ ।अक्टोबरमा प्यालेष्टिनी इस्लामिक समूह हमासले दक्षिणी सिरियामा गरेको आक्रमणपछि गाजामा सक्रिय सैन्य कारबाही सुरू गरेको इजरायलले गाजामा गरेको कारबाहीमा करिब ४१ हजार प्यालेष्टिनीको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेको गाजास्थित हमास नियन्त्रित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायलले लेबनान र यमनमा पनि आफ्नो हवाई आक्रमणलाई केन्द्रित गरेको छ ।केही समय पहिले लेबनानमा गरेको हवाई आक्रमणमा हमाससँग निकट लेवनानी हेजवुल्लाह समूहका सैन्य शाखा हेर्ने एक कमाण्डरको मृत्यु भएको थियो । त्यस्तै इरानमा हमास नेता इस्माइल हानियाको मृत्यु पनि इजरायलको आक्रमणबाट भएको इरान र हमास निकट अधिकारीले दावी गर्दै आएका छन् । हानियाको मृत्युमा इजरायली संलग्नताबारे इजरायलले कुनै प्रतिक्रिया दिएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने विषय गैरजिम्मेवार छ : कांग्रेस
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने विषय गैरजिम्मेवार छ : कांग्रेस
बुटवलमा दर्ता विना सञ्चालनमा रहेका ६ वटा मेडिकल क्लिनिकमा प्रशासनको ताला
बुटवलमा दर्ता विना सञ्चालनमा रहेका ६ वटा मेडिकल क्लिनिकमा प्रशासनको ताला
अमेरिकी भिसा पाउन नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने
अमेरिकी भिसा पाउन नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने
मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा
मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा
सिर्सिया नदी प्रदूषण नियन्त्रणमा मन्त्रालय गम्भीर : मन्त्री यादव
सिर्सिया नदी प्रदूषण नियन्त्रणमा मन्त्रालय गम्भीर : मन्त्री यादव
भारतीय बजारमा नेपालीको चहलपहल, नेपाली बजार भने सुनसान
भारतीय बजारमा नेपालीको चहलपहल, नेपाली बजार भने सुनसान
श्रीमतीले चिर्पटले हान्दा श्रीमानको मृत्यु
श्रीमतीले चिर्पटले हान्दा श्रीमानको मृत्यु
पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द
पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द
कैलालीबाट डेढ किलो चरेससहित चार जना पक्राउ
कैलालीबाट डेढ किलो चरेससहित चार जना पक्राउ
सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या, सबै सेवा अनिश्चितकालका लागि बन्द
सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या, सबै सेवा अनिश्चितकालका लागि बन्द
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...