करिब साढे ५ लाख मुल्य बराबरको अवैध मोविल बरामद

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र १२, २०८१
|
|
३८ पटक हेरिएको
Shares
करिब साढे ५ लाख मुल्य बराबरको अवैध मोविल बरामद

सारांश

  • जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक गोपाल न्यौपानेको कमाण्डमा खटिएको गस्ती टोलीले विशेष सूचनाको आधारमा अन्दाजी ५ लाख ३३ हजार ५० रुपैयाँ बजार मुल्य बराबरको इन्जिन आयल (मोविल) नियन्त्रणमा लिएको हो ।
  • बढैयाताल गाउँपालिका वडा नम्बर ८ स्याउली बजारका वसन्त सिंह ठकुरीको कोही नबस्ने घरमा राखिएको सर्वो ४ टी २० डब्लु ५० नामक १ लिटरको मोविल ४ सय ६५ वट्टा र बजाज डीटीएस–१ १००० लेखिएको साढे १ लिटरको मोविल १ सय ९४ वट्टा गरी ६ सय ५९ वट्टा मोविल फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले बताए ।
  • अवैध फेला परेको मोविल राजापुर भन्सार कार्यालय बर्दियामा पठाइएको डिएसपी अर्यालले जानकारी दिए ।

 

१२ भदौ , गुलरिया : भारतबाट भन्सार छली चोरी पैठारी गरी अवैधरुपमा गोदाममा राखिएको मोटरसाइकलमा प्रयोग हुने मोबिल प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक गोपाल न्यौपानेको कमाण्डमा खटिएको गस्ती टोलीले विशेष सूचनाको आधारमा अन्दाजी ५ लाख ३३ हजार ५० रुपैयाँ बजार मुल्य बराबरको इन्जिन आयल (मोविल) नियन्त्रणमा लिएको हो । बढैयाताल गाउँपालिका वडा नम्बर ८ स्याउली बजारका वसन्त सिंह ठकुरीको कोही नबस्ने घरमा राखिएको सर्वो ४ टी २० डब्लु ५० नामक १ लिटरको मोविल ४ सय ६५ वट्टा र बजाज डीटीएस–१ १००० लेखिएको साढे १ लिटरको मोविल १ सय ९४ वट्टा गरी ६ सय ५९ वट्टा मोविल फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले बताए । अवैध फेला परेको मोविल राजापुर भन्सार कार्यालय बर्दियामा पठाइएको डिएसपी अर्यालले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
 गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
नेपाली मिति लोड हुँदैछ...