बसको ठक्करबाट युवकको मृत्यु, सप्तरीको हनुमाननगरमा तनाव

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र ७, २०८१
|
|
४४ पटक हेरिएको
Shares
बसको ठक्करबाट युवकको मृत्यु, सप्तरीको हनुमाननगरमा तनाव

सारांश

  • बसको ठक्करबाट युवकको मृत्यु भएपछि सप्तरीको हनुमाननगर बजार तनावग्रस्त छ ।
  • बिहीबार साँझ हनुमाननगर कंकालिनी नगरपालिका-५ योगिनियामा बसको ठक्करबाट २२ वर्षीय धुरुप मण्डलको मृत्यु भएको थियो ।
  • जोगनियास्थित भारदह-राजविराज सडक खण्डमा भारदहबाट राजविराजतर्फ आउँदै गरेको को ३० प ८१०९ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको को १ ख ४०४६ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो ।

 

६ भदौ ,काठमाडौं । बसको ठक्करबाट युवकको मृत्यु भएपछि सप्तरीको हनुमाननगर बजार तनावग्रस्त छ ।

बिहीबार साँझ हनुमाननगर कंकालिनी नगरपालिका-५ योगिनियामा बसको ठक्करबाट २२ वर्षीय धुरुप मण्डलको मृत्यु भएको थियो ।जोगनियास्थित भारदह-राजविराज सडक खण्डमा भारदहबाट राजविराजतर्फ आउँदै गरेको को ३० प ८१०९ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको को १ ख ४०४६ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकल चालक मण्डल टाउको र शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका थिए । घाइते मण्डललाई उपचारका लागि गजेन्द्र नारायणसिंह अस्पताल राजविराज ल्याइएकोमा डाक्टरले मृत घोषणा गरेका थिए । अहिले घटनाको विरोधमा स्थानीय बासिन्दाले इलाका प्रहरी कार्यालय हनुमाननगर अगाडि टायर बालेर विरोध गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
 गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध
नेपाली मिति लोड हुँदैछ...