टिकटकको प्रतिबन्ध हटाउने सरकारको तयारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र ४, २०८१
|
|
५१ पटक हेरिएको
Shares
टिकटकको प्रतिबन्ध हटाउने सरकारको तयारी

सारांश

  • सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने तयारी गरेको छ ।
  • पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालिन सरकारले प्रतिबन्ध लगाएको १० महिनापछि हटाउने तयारी थालिएको हो ।
  • सरकारले विसं २०८० कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

४ भदौ, काठमाडौं । सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने तयारी गरेको छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालिन सरकारले प्रतिबन्ध लगाएको १० महिनापछि हटाउने तयारी थालिएको हो । सरकारले विसं २०८० कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । नेपालको नीति-नियम सबै पालना गर्ने प्रतिबद्धतासहित टिकटकले पहल थालेपछि सरकार पनि प्रतिबन्ध हटाउन लचिलो भएको हो । टिकटकको एसियाका पोलिसी डिभिजन चिफ फेरसले केहीदिन अगाडि मात्रै इमेलमार्फत् प्रतिबद्धता पत्र सञ्चार मन्त्रालयलाई पठाएका थिए । प्रधानमन्त्री केपी शर्मा ओली पनि प्रतिबन्ध हटाउन सकारात्मक छन् । उनले प्रतिबन्ध फुकुवाको तयारी गर्न निर्देशन दिएको मन्त्रालय स्रोतले बताएको छ ।

सोहीअनुसार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङले टिकटकका नेपाल प्रतिनिधिसँग छलफल गर्दैछन् । त्यसपछि मन्त्रालयले मन्त्रिपरिषद्‌मा प्रस्ताव लगेर निर्णय गराई प्रतिबन्ध हटाउने तयारी भइरहेको स्रोतले जनाएको छ । सामाजिक सद्भाव बिथोलेको भन्दै सरकारले प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगामी शनिबार १२ बजेसम्ममा सबै बन्धक रिहा नगरे युद्धविराम नै भंग हुने डोनाल्ड ट्रम्पको चेतावनी
आगामी शनिबार १२ बजेसम्ममा सबै बन्धक रिहा नगरे युद्धविराम नै भंग हुने डोनाल्ड ट्रम्पको चेतावनी
सहकारी ठगी मुद्दामा समर्पित इजलास गठन गर्न आग्रह
सहकारी ठगी मुद्दामा समर्पित इजलास गठन गर्न आग्रह
प्रदेशलाई अधिकारसम्पन्न देखि जेनजीका न्यायोचित माग पुरा गर्न जसपा नेपालको माग 
प्रदेशलाई अधिकारसम्पन्न देखि जेनजीका न्यायोचित माग पुरा गर्न जसपा नेपालको माग 
चौथोपटक प्रधानमन्त्री बनेका ओलीद्वारा पदभार ग्रहण
चौथोपटक प्रधानमन्त्री बनेका ओलीद्वारा पदभार ग्रहण
वास क्षेत्रमा टुक्रिएको लगानी जोड्ने प्रयास, स्रोत समायोजनलाई नीति–स्तरीय रणनीति बनाइँदै
वास क्षेत्रमा टुक्रिएको लगानी जोड्ने प्रयास, स्रोत समायोजनलाई नीति–स्तरीय रणनीति बनाइँदै
मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डा.लाभद्वारा पदभार ग्रहण
मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डा.लाभद्वारा पदभार ग्रहण
मधेश सरकारबाट लोसपाले पनि लियो समर्थन फिर्ता
मधेश सरकारबाट लोसपाले पनि लियो समर्थन फिर्ता
कम्युनिष्ट आन्दोलनको भविष्य अझै छः अध्यक्ष नेपाल
कम्युनिष्ट आन्दोलनको भविष्य अझै छः अध्यक्ष नेपाल
आजदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्य
आजदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्य
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वङबीच भेटवार्ता, नेपाललाई थप १५ मिलियन सहयोगको बचन
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वङबीच भेटवार्ता, नेपाललाई थप १५ मिलियन सहयोगको बचन
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...