सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

आजदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम, पेट्रोल र डिजेलको मूल्य कति ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण ३२, २०८१
|
|
४४ पटक हेरिएको
Shares
आजदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम, पेट्रोल र डिजेलको मूल्य कति ?

सारांश

  •   नेपाल आयल निगमले आजदेखि पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
  • बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको थियो  ।
  •  जसअनुसार  पेट्रोलको मूल्य प्रतिलिटर रु पाँच तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु तीन घटेको छ ।

३२ साउन, काठमाडौँ ।  नेपाल आयल निगमले आजदेखि पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको थियो  । जसअनुसार  पेट्रोलको मूल्य प्रतिलिटर रु पाँच तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु तीन घटेको छ । निगमका अनुसार पहिलो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ६७ रहेकामा रु एक सय ६२ कायम भएको छ । दोस्रो वर्गका लागि प्रतिलिटर रु एक सय ६९ रहेकामा रु एक सय ६४ र तेस्रो वर्गका लागि प्रतिलिटर रु  एक सय ७० रहेकामा रु एक सय ६५ कायम गरिएको छ ।

साथै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका लागि रु एक सय ५५ रहेकामा रु एक सय ५२ कायम गरिएको छ । साथै दोस्रो वर्गका लागि रु एक सय ५७ रहेकामा रु एक सय ५४ र तेस्रो वर्गका लागि रु एक सय ५८ रहेकामा रु एक सय ५५ कायम गरिएको निगमले जनाएको छ ।  पहिलो वर्गमा चारआली, बिराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज छन् । साथै दोस्रो वर्गमा  सुर्खेत र दाङ  तथा तेस्रो वर्गमा पोखरा, काठमाडौँ, दीपायललाई राखिएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिला यू-१९ एसिया कपको ‘सुपर-४’ मा नेपाल आज श्रीलंकासँग भिड्दै
महिला यू-१९ एसिया कपको ‘सुपर-४’ मा नेपाल आज श्रीलंकासँग भिड्दै
बाढी महाशाखाद्वारा काठमाडौँसहित २७ जिल्लामा ‘एल्लो अलर्ट’ जारी
बाढी महाशाखाद्वारा काठमाडौँसहित २७ जिल्लामा ‘एल्लो अलर्ट’ जारी
गुल्मीको मुसिकोटबाट एक वर्षमा ६९६ जना बसाइँ सरे
गुल्मीको मुसिकोटबाट एक वर्षमा ६९६ जना बसाइँ सरे
गण्डकीमा बहुमतको सरकार गठनका लागि ७ दिनको समय
गण्डकीमा बहुमतको सरकार गठनका लागि ७ दिनको समय
दोस्रो दिन पनि महानगरविरूद्ध न्यूरोडका व्यवसायीको प्रदर्शन (तस्वीरहरू)
दोस्रो दिन पनि महानगरविरूद्ध न्यूरोडका व्यवसायीको प्रदर्शन (तस्वीरहरू)
मुग्लिन–नागढुंगा सडकखण्डको जवाङ खोलामा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध
मुग्लिन–नागढुंगा सडकखण्डको जवाङ खोलामा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध
भारी मात्रामा प्रतिबन्धित औषधिसहित दमकबाट एक पुरुष पक्राउ
भारी मात्रामा प्रतिबन्धित औषधिसहित दमकबाट एक पुरुष पक्राउ
समानुपातिक निर्वाचन: १ सय दलले पाए ९३ वटा चुनाव चिह्न
समानुपातिक निर्वाचन: १ सय दलले पाए ९३ वटा चुनाव चिह्न
आन्दोलनमा क्षति पुगेका भौतिक संरचनाको पुनर्स्थापना र पुननिर्माण उच्च प्राथमिकतामा राखी काम गरौं : मन्त्री घिसिङ
आन्दोलनमा क्षति पुगेका भौतिक संरचनाको पुनर्स्थापना र पुननिर्माण उच्च प्राथमिकतामा राखी काम गरौं : मन्त्री घिसिङ
नौ लाख बराबरको भन्सार छलीका सामान बरामद
नौ लाख बराबरको भन्सार छलीका सामान बरामद