कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ १८, २०८१
|
|
३३ पटक हेरिएको
Shares
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

सारांश

  • नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा प्रतिपक्षमा रहेका दलहरूको बैठक बोलाएको छ ।
  • कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिपक्ष दलको बैठक बोलाएका हुन् ।
  • कांग्रेस सहमहामन्त्री भीष्म आङ्देम्बेले मंगलबार साँझ बैठक बस्ने जानकारी गराए ।

१८ असार, काठमाडौं । नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा प्रतिपक्षमा रहेका दलहरूको बैठक बोलाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिपक्ष दलको बैठक बोलाएका हुन् । कांग्रेस सहमहामन्त्री भीष्म आङ्देम्बेले मंगलबार साँझ बैठक बस्ने जानकारी गराए । बैठक देउवा निवास बूढानीलकण्ठमा बस्नेछ । कांगेसले बोलाएको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालगायत दल सहभागी हुने भएका छन् ।यसअघि सहकारी छानबिन समितिको मागको क्रममा विपक्षी दलहरूको बैठक बसेको थियो । कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनाउने सोमबार सहमति बनेको छ । नयाँ सरकारमा सहभागी हुन सबै दललाई आह्वान गरिने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बढ्यो,सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
बढ्यो,सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
कोशीमा कांग्रेसका चार मन्त्रीले लिए शपथ
कोशीमा कांग्रेसका चार मन्त्रीले लिए शपथ
राष्ट्रपतिको अपिल- फागुन २१ मै चुनाव, त्यसपछि संसद् र सरकारको निरन्तरता
राष्ट्रपतिको अपिल- फागुन २१ मै चुनाव, त्यसपछि संसद् र सरकारको निरन्तरता
सगरमाथा शिखरमा संघीय संसदको झन्डा फहराएर फर्किए सांसद मिङ्मा ग्याबु शेर्पा
सगरमाथा शिखरमा संघीय संसदको झन्डा फहराएर फर्किए सांसद मिङ्मा ग्याबु शेर्पा
गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि
गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि
रिलायन्स स्पिनिंग मिल्सले पहिलो किस्ता बुझाएसँगै काटिएको विद्युत् लाइन पुनः जडान
रिलायन्स स्पिनिंग मिल्सले पहिलो किस्ता बुझाएसँगै काटिएको विद्युत् लाइन पुनः जडान
गौतमबुद्ध विमानस्थलः अन्तर्राष्ट्रिय उडानमा ग्रीन सिग्नल, कार्यालय नहुँदा पूर्णफेजमा समस्या
गौतमबुद्ध विमानस्थलः अन्तर्राष्ट्रिय उडानमा ग्रीन सिग्नल, कार्यालय नहुँदा पूर्णफेजमा समस्या
महानगरबाट गरिब होइन,गरिबी लखेट्नु पर्छ : ओली
महानगरबाट गरिब होइन,गरिबी लखेट्नु पर्छ : ओली
सिन्धुपाल्चोकमा बाढीले २ वटा पुल बगायो, चीनसँगको सडक सम्पर्क विच्छेद
सिन्धुपाल्चोकमा बाढीले २ वटा पुल बगायो, चीनसँगको सडक सम्पर्क विच्छेद
तराई भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना
तराई भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना