बरहथवा नगरपालिकाको बजेट ८१ करोड ६७ लाख

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ ११, २०८१
|
|
१४९ पटक हेरिएको
Shares
बरहथवा नगरपालिकाको बजेट ८१ करोड ६७ लाख

सारांश

  • सर्लाहीको बरहथवा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि रु ८१ करोड ६७ लाखको बजेट प्रस्तुत गरेका छन् ।
  • नगरपालिकाको नवनिर्मित सभा हलमा आयोजना गरिएको नगर सभालाई कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका रक्षामन्त्री हरि प्रसाद उप्रेतीले पानसमा बत्ति बालेर सभाको उद्घाटन गरेका छन् ।
  • नगरपालिकाका उपप्रमुख रामबाबु प्रसाद साहले नवौं नगरसभामा आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति, कार्यक्रम, तथा बजेट प्रस्तुत गरेका छन् ।

११ असार, सर्लाही। सर्लाहीको बरहथवा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि रु ८१ करोड ६७ लाखको बजेट प्रस्तुत गरेका छन् ।

नगरपालिकाको नवनिर्मित सभा हलमा आयोजना गरिएको नगर सभालाई कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका रक्षामन्त्री हरि प्रसाद उप्रेतीले पानसमा बत्ति बालेर सभाको उद्घाटन गरेका छन् । नगरपालिकाका उपप्रमुख रामबाबु प्रसाद साहले नवौं नगरसभामा आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति, कार्यक्रम, तथा बजेट प्रस्तुत गरेका छन् । नगरपालिकाको नवौं नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले बरहथवा-६, स्थित नवनिर्मित १५ बेडको नगर अस्पताललाई विशेष प्राथमिकतामा राखिएको बताएका छन् । सो अस्पतालमा विशेषज्ञ चिकित्सक सहितको सुबिधा सम्पन्न शल्यक्रिया, भिडियो एक्सरे, प्रयोगशाला, ब्लडबैंक,आइ.सी.यु. सहितको अत्याधुनिक सुविधा सम्पन्न प्रस्तुतिगृह विषेश प्राथमिकताका साथ क्रमशः संचालनमा ल्याइने र नगर अस्पतालमा बिमा सहितको फार्मेसी सेवा पनि संचालनमा ल्याइने बताएका छन् ।

नेपाली काङ्ग्रेस तथा नेकपा माओवादीबाट निर्वाचित वडा अध्यक्षहरुले सभालाई बहिस्कार गरेका छन् ।  आ.व. २०८०/०८१ को अन्तिम कार्यपालिकाको निर्णय अनुसार सबै पार्टी प्रतिनिधिलाई सभामा सहभागी नगराईएको र बजेट सहितको नीति तथा कार्यक्रम नगर सभामा प्रस्तुत नभएको भन्दै सभा बहिस्कार गरेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, ११ वर्षभित्र फिर्ता गरिसक्ने
१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, ११ वर्षभित्र फिर्ता गरिसक्ने
बजारबाट आज फेरि ३० अर्ब झिक्दै राष्ट्र बैंक
बजारबाट आज फेरि ३० अर्ब झिक्दै राष्ट्र बैंक
कङ्गोमा जेल तोडेर भाग्ने क्रममा १२९ जनाको मृत्यु
कङ्गोमा जेल तोडेर भाग्ने क्रममा १२९ जनाको मृत्यु
मौसम पूर्वानुमान : तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु लाग्ने
मौसम पूर्वानुमान : तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु लाग्ने
संसद बाहिर सांसद : डीपी अर्यालको प्रशंसा, ‘बादल’को आलोचना
संसद बाहिर सांसद : डीपी अर्यालको प्रशंसा, ‘बादल’को आलोचना
अवसरवादीको चंगुलमा रास्वपा, अस्तित्व संकट कि नयाँ यात्राको आरम्भ ?
अवसरवादीको चंगुलमा रास्वपा, अस्तित्व संकट कि नयाँ यात्राको आरम्भ ?
एनएमएले गर्यो एनपीएलका दुई  चिकित्सक खेलाडीलाई सम्मान
एनएमएले गर्यो एनपीएलका दुई चिकित्सक खेलाडीलाई सम्मान
घट्यो सुनचाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?
घट्यो सुनचाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?
घरमा काम गर्न राखेकी १७ वर्षीया बालिकालाई तीन वर्षदेखि ‘जबरजस्ती करणी गर्ने’ एकजना पक्राउ
घरमा काम गर्न राखेकी १७ वर्षीया बालिकालाई तीन वर्षदेखि ‘जबरजस्ती करणी गर्ने’ एकजना पक्राउ
विराटनगरमा कार र मोटरसाइकल ठोक्किएर दुर्घटना, मोटरसाइकल चालकको मृत्यु
विराटनगरमा कार र मोटरसाइकल ठोक्किएर दुर्घटना, मोटरसाइकल चालकको मृत्यु

तपाईंले छुटाउनुभयो कि?