ताप्लेजुङमा बाढीपहिरोबाट ८१ परिवार विस्थापित

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ ५, २०८१
|
|
३८ पटक हेरिएको
Shares
ताप्लेजुङमा बाढीपहिरोबाट ८१ परिवार विस्थापित

सारांश

  • ताप्लेजुङमा मनसुनी वर्षा सुरु भएयता बढीपहिरोका कारण ८१ घरका तीन सय ४२ जना विस्थापित भएका छन् ।
  • एक साताको अवधिमा पहिरोमा परेर पाँचजनाको ज्यान गएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए।
  • उनका अनुसार यहाँका आठ घर पूर्णरुपमा क्षति भएका छन्भने १८ घर उच्च जोखिममा छन् ।

५ असार, ताप्लेजुङ । ताप्लेजुङमा मनसुनी वर्षा सुरु भएयता बढीपहिरोका कारण ८१ घरका तीन सय ४२ जना विस्थापित भएका छन् ।

एक साताको अवधिमा पहिरोमा परेर पाँचजनाको ज्यान गएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए।उनका अनुसार यहाँका आठ घर पूर्णरुपमा क्षति भएका छन्भने १८ घर उच्च जोखिममा छन् । जिल्लाका विभिन्न स्थानका ५५ घर जोखिममा रहेका उनले बताए। ‘बाढीपहिरोबाट एक साताको अवधिमा ८४ वटा पशुचौपाया मरेका छन् । चार सवारीसाधनमा क्षति पुग्नका साथै दुईवटा काठको मोटरेवल पुलसहित चारवटा पुल बाढीले बगाएको छ’, प्रजिअ आचार्यले भने ।

बाढीपहिरोबाट विस्थापित ७० परिवार आफन्त तथा छिमेकीकामा आश्रय लिएर बसेको जनाउँदै ११ परिवार नजिकैको विद्यालयमा बसेका उनले बताए। पहिरोबाट विस्थापित हुने अधिकांश सिरीजङ्घा, सिदिङ्वा, मिक्वाखोला र फक्ताङलुङ गाउँपालिकाका बढिरहेका प्रजिअ आचार्यले बताए । उनका अनुसार पहिरोमा परेर फक्ताङलुङ–२ का एकै परिवारका चारजनाको निधन भएको थियो भने पाँचथर फिदिमका एकजनाको सिरीजङ्घामा निधन भएको थियो ।

पहिरोले अधिकांश ग्रामीण क्षेत्रका सडकका साथै विद्युत् आयोजनामा क्षति पुगेको छ । अवरुद्ध सडक स्थानीय तहले खुलाउने प्रयास गरिरहेका जनाएका छन् । सिरीजङ्घा र फक्ताङलुङ गाउँपालिकाका अधिकांश ग्रामीण सडक अवरुद्ध बनेका हुन् ।  बाढीपहिरोले नगदेबाली अलैँचीमा सबैभन्दा बढी क्षति पुगेको स्थानीयले बताएका छन् । हरेक दिन वर्षा भइरहेकाले ग्रामीण क्षेत्रका नागरिक त्रसित बनेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीमा जसपाको पार्टी प्रवेश कार्यक्रम सम्पन्न
सर्लाहीमा जसपाको पार्टी प्रवेश कार्यक्रम सम्पन्न
तीनकुने प्रदर्शनबारे जवाफ दिन गृहमन्त्रीलाई संसदीय समितिमा बोलाइयो
तीनकुने प्रदर्शनबारे जवाफ दिन गृहमन्त्रीलाई संसदीय समितिमा बोलाइयो
४४ देशका लागि संसदीय मैत्री समूह गठन
४४ देशका लागि संसदीय मैत्री समूह गठन
सक्षम र सफल महिलाहरुले आफ्नो नेतृत्व क्षमता बढाउन जरुरी छ : महान्यायाधिवक्ता भण्डारी
सक्षम र सफल महिलाहरुले आफ्नो नेतृत्व क्षमता बढाउन जरुरी छ : महान्यायाधिवक्ता भण्डारी
लागूऔषध सहित विभिन्न स्थानबाट १३ पक्राउ
लागूऔषध सहित विभिन्न स्थानबाट १३ पक्राउ
सवा ६ अर्ब नाफामा नेपाल टेलिकम
सवा ६ अर्ब नाफामा नेपाल टेलिकम
युवा सांसद–मन्त्रीलाई रविको आग्रहः पदमा रमाउने होइन, जिम्मेवार बन्नुस्
युवा सांसद–मन्त्रीलाई रविको आग्रहः पदमा रमाउने होइन, जिम्मेवार बन्नुस्
गृहमन्त्री लेखकले पाथीभरा केबुलकार विवाद बारे तीन जिल्लाका सांसदहरुसँग छलफल गर्दै
गृहमन्त्री लेखकले पाथीभरा केबुलकार विवाद बारे तीन जिल्लाका सांसदहरुसँग छलफल गर्दै
सात बुँदे मागसहित धनगढीमा सत्याग्रह बस्दै डा.केसी
सात बुँदे मागसहित धनगढीमा सत्याग्रह बस्दै डा.केसी
‘वर्तमान समयमा मुलुकको स्वाधिनताको रक्षा गर्न सक्ने पार्टी राप्रपा मात्रै हो’
‘वर्तमान समयमा मुलुकको स्वाधिनताको रक्षा गर्न सक्ने पार्टी राप्रपा मात्रै हो’