प्रचण्ड सरकारलाई दिएको समर्थन जारी राख्ने जसपाको निर्णय

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २५, २०८१
|
|
३६ पटक हेरिएको
Shares
प्रचण्ड सरकारलाई दिएको समर्थन जारी राख्ने जसपाको निर्णय

सारांश

  • जसपा नेपालबाट फुटेर अशोक राईको नेतृत्वमा बनेको नयाँ दल जनता समाजवादी पार्टी (जसपा) ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारलाई आफ्नो दलको समर्थन निरन्तर जारी रहने जनाएको छ।
  • सोमबार काठमाडौंमा अध्यक्ष राईको अध्यक्षतामा बसेको जसपाको संसदीय दलको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई आफ्नो दलको समर्थन निरन्तर जारी राख्ने निर्णय गरेको हो।
  • सोमबार बेलुकी जसपाका महासचिव इस्तियाक राईले जारी गरेको प्रेस विज्ञप्तिमा पार्टीको संसदीय दलको बैठकले प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन निरन्तर जारी राख्ने निर्णय गरेको उल्लेख छ।

काठमाडौं ।

जसपा नेपालबाट फुटेर अशोक राईको नेतृत्वमा बनेको नयाँ दल जनता समाजवादी पार्टी (जसपा) ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारलाई आफ्नो दलको समर्थन निरन्तर जारी रहने जनाएको छ। सोमबार काठमाडौंमा अध्यक्ष राईको अध्यक्षतामा बसेको जसपाको संसदीय दलको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई आफ्नो दलको समर्थन निरन्तर जारी राख्ने निर्णय गरेको हो।

सोमबार बेलुकी जसपाका महासचिव इस्तियाक राईले जारी गरेको प्रेस विज्ञप्तिमा पार्टीको संसदीय दलको बैठकले प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन निरन्तर जारी राख्ने निर्णय गरेको उल्लेख छ। यसअघि सोमबार नै निर्वाचन आयोगले राई अध्यक्ष रहेको जसपालाई दल दर्ताको प्रमाण पत्र प्रदान गर्दै दलको मान्यता दिएको थियो।https://press4k.com/

जसपालाई राजनीतिक दलसम्बन्धी ऐन २०७३ तथा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम ५ बमोजिम निर्वाचन दल दर्ताको मान्यता दिएको आयोगले जनाएको छ। आइतबार ७ सांसदसहित नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए । राई अध्यक्ष रहेको नयाँ पार्टीमा प्रदीप यादव, रेनु यादव, नवलकिशोर साह सुडी, वीरेन्द्र महतो, रन्जु कुमारी, हसिना खान र सुशीला श्रेष्ठलगायत ७ जना सांसद रहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कृषिमन्त्री अधिकारीको वर्ष दिनः रासायनिक मल खरिद तथा वितरणलाई सहज बनाउन नीतिगत पहल
कृषिमन्त्री अधिकारीको वर्ष दिनः रासायनिक मल खरिद तथा वितरणलाई सहज बनाउन नीतिगत पहल
पूर्णबहादुर खड्का समूहको बैठक आज, आगामी रणनीतिबारे छलफल हुने
पूर्णबहादुर खड्का समूहको बैठक आज, आगामी रणनीतिबारे छलफल हुने
एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा, ५ लाख ४ हजार परीक्षार्थी
एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा, ५ लाख ४ हजार परीक्षार्थी
भोटेचौर साँखु सडक पहिरोले अवरुद्ध
भोटेचौर साँखु सडक पहिरोले अवरुद्ध
आयोगले प्रधानमन्त्रीलाई बुझायो मत परिणामसहितको प्रतिवेदन
आयोगले प्रधानमन्त्रीलाई बुझायो मत परिणामसहितको प्रतिवेदन
धमाधम नियुक्त हुँदै सांसदका स्वकीय, योग्यतामा स्नातक अनिवार्य
धमाधम नियुक्त हुँदै सांसदका स्वकीय, योग्यतामा स्नातक अनिवार्य
मन्त्री गुरुङलाई बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग
मन्त्री गुरुङलाई बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग
राष्ट्रपति र संविधान दुवै निलम्बन गरेर सेनाले अन्तरिम सरकार घोषणा गर्नुपर्छ :दुर्गा प्रसाईं
राष्ट्रपति र संविधान दुवै निलम्बन गरेर सेनाले अन्तरिम सरकार घोषणा गर्नुपर्छ :दुर्गा प्रसाईं
निजी विद्यालय सञ्चालकहरूको माइतीघरमा धर्ना
निजी विद्यालय सञ्चालकहरूको माइतीघरमा धर्ना
भौतिक पुनःनिर्माण मात्रै होइन आर्थिक पुनरुत्थान आवश्यक छ : ज्ञवाली
भौतिक पुनःनिर्माण मात्रै होइन आर्थिक पुनरुत्थान आवश्यक छ : ज्ञवाली