देशभरका लघुवित्त पीडितहरू काठमाडौँमा (तस्बिरहरू)

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन ६, २०८०
|
|
२ पटक हेरिएको
Shares
देशभरका लघुवित्त पीडितहरू काठमाडौँमा (तस्बिरहरू)

सारांश

  • ६ फागुन, काठमाडौँ ।
  • आज देशभरबाट करिब ३ हजार लघुवित्त तथा वित्तीय पीडितहरू काठमाडौँमा आइपुगेका छन् ।
  • उनीहरू आउने क्रम जारी रहेको सङ्घर्ष समितिका केन्द्रीय अध्यक्ष मणिराम ज्ञवालीले जानकारी दिए ।

६ फागुन, काठमाडौँ । आज देशभरबाट करिब ३ हजार लघुवित्त तथा वित्तीय पीडितहरू काठमाडौँमा आइपुगेका छन् ।

उनीहरू आउने क्रम जारी रहेको सङ्घर्ष समितिका केन्द्रीय अध्यक्ष मणिराम ज्ञवालीले जानकारी दिए । करिब ६ दिन लगाएर एक हजारभन्दा बढी पीडितहरू मुस्लिन हुँदै काठमाडौँ आइपुगेका हुन् । सरकारले समिति बनाएर पनि केहि काम नगरेकोले पुनः सरकारलाई झकझकाउन आएको बर्दियाका पीडित जीवन सुनारले बताए । मुग्लिनबाट हिँडेका उनीहरू ६ दिनका दिन हिजो साँझ थानकोटस्थित त्रिभुवन पार्कमा आएर बास बसेका थिए । आज उनीहरू थानकोटबाट र्‍यालीसहित कलङ्की हुँदै तीनकुने गएर बस्ने र सोमबारदेखि शान्तिपूर्ण आन्दोलन सुरु गर्ने अध्यक्ष ज्ञवालीले जानकारी दिए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?