भक्तपुरमा भएको आगलागीमा दुई करोड २९ लाखको क्षति

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ २, २०८०
|
|
३ पटक हेरिएको
Shares
भक्तपुरमा भएको आगलागीमा दुई करोड २९ लाखको क्षति

सारांश

  • जेठ २ , काठमाडौं ।
  • आइतवार साँझ भक्तपुरको सूर्यविनायक नगरपालिका-५, चुनदेवीमा भएको आगलागीमा दुई करोड २९ लाख बराबरको सामान जलेर नष्ट भएको पाइएको प्रहरीले जनाएको छ ।
  • ३७ वर्षीय बिजेन चौगुठीले सञ्चालन गरेको न्यू दाजुभाइ फर्निचर ट्रेडर्स, फर्निचर सञ्चालक बिजेनको साढे तीनतले घर र सँगै रहेको पुष्प शिल्पकारको कृपालु फर्निचर कारखानामा आगलागी भएको थियो ।

जेठ २ , काठमाडौं । आइतवार साँझ भक्तपुरको सूर्यविनायक नगरपालिका-५, चुनदेवीमा भएको आगलागीमा दुई करोड २९ लाख बराबरको सामान जलेर नष्ट भएको पाइएको प्रहरीले जनाएको छ । ३७ वर्षीय बिजेन चौगुठीले सञ्चालन गरेको न्यू दाजुभाइ फर्निचर ट्रेडर्स, फर्निचर सञ्चालक बिजेनको साढे तीनतले घर र सँगै रहेको पुष्प शिल्पकारको कृपालु फर्निचर कारखानामा आगलागी भएको थियो ।

https://press4k.com/

प्रहरी परिसर भक्तपुरले दुई फर्निचर र एक घरमा भएको आगलागीको सोमबार दिनभर लगाएर मुचुल्का गरी सार्वजनिक गरेको विवरणमा दुई करोड २९ लाख बराबरको क्षति भएको उल्लेख छ । न्यू दाजुभाइ फर्निचर ट्रेडर्समा सुरुमा आइतबार साँझ सवा ७ बजे अचानक आगलागी सुरु भएको थियो । त्यही आगो फैलिँदै सँगैको घर र कृपालु फर्निचरमा समेत आगलागी भएको थियो ।

https://press4k.com/

मानवीय क्षति नभए पनि तयारी फर्निचर, कच्चापदार्थ, मेसिन, केमिकल, कार, घर, नगद तथा जिन्सी लगायतका सामान जलेर नष्ट हुँदा दुई करोड २९ लाख बराबरको क्षति भएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए । आगलागी नियन्त्रणमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, दमकल र स्थानीयवासी खटिएका थिए । पाँचवटा दमकल प्रयोग गरिएको थियो । आइतबार राति साढे १० बजे आगलागी पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।

https://press4k.com/

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
संसद्लाई सरकारको पत्र : कानुन विपरीतका सबै सुविधा फिर्ता गराउनू
संसद्लाई सरकारको पत्र : कानुन विपरीतका सबै सुविधा फिर्ता गराउनू
जेनजी आन्दोलन : आफ्नो प्रदेशका मृतक परिवारलाई मधेश सरकारले साढे २ लाख क्षतिपूर्ति दिने
जेनजी आन्दोलन : आफ्नो प्रदेशका मृतक परिवारलाई मधेश सरकारले साढे २ लाख क्षतिपूर्ति दिने
डेंगु सङ्क्रमणबाट चारजनाको मृत्यु
डेंगु सङ्क्रमणबाट चारजनाको मृत्यु
मधेसको मुख्यमन्त्रीमा सात दलको तर्फबाट दाबी पेस गर्दै कांग्रेसका कृष्णप्रसाद यादव
मधेसको मुख्यमन्त्रीमा सात दलको तर्फबाट दाबी पेस गर्दै कांग्रेसका कृष्णप्रसाद यादव
रकम ठगी गरेको अभियोगमा सर्लाही मलंगवा नगरपालिका-६ घर भई खालिक खान काठमाडौँमा पक्राउ
रकम ठगी गरेको अभियोगमा सर्लाही मलंगवा नगरपालिका-६ घर भई खालिक खान काठमाडौँमा पक्राउ
नेपाल प्रहरीका तीन डीआईजीको सरुवा : मधेस प्रदेशको जिम्मा आचार्यलाई
नेपाल प्रहरीका तीन डीआईजीको सरुवा : मधेस प्रदेशको जिम्मा आचार्यलाई
राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति
राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति
भोलिसम्मका लागि स्थगित भयो प्रतिनिधिसभा बैठक
भोलिसम्मका लागि स्थगित भयो प्रतिनिधिसभा बैठक
भारत, बंगलादेश र भुटानका आँखाका बिरामी उपचार गर्न नेपालमा
भारत, बंगलादेश र भुटानका आँखाका बिरामी उपचार गर्न नेपालमा