११ श्रावण २०८२, शनिबार

विमान दुर्घटना : मृतकको शव आफन्तले ३ दिनपछि पाउने

 

९ साउन, काठमाडाैं । सौर्य एयरको जहाज दुर्घटना हुँदा मृत्यु भएका १८ जनाको बुधबार नै पोस्टमार्टम सुरु हुने भएको छ ।

सबै शवको पोस्टमार्टम गरेर तीन दिन पछि मात्र आफन्तलाई शव जिम्मा लगाउन सकिने उनले बताइएकाे छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल स्रोतका अनुसार पोस्टमार्टममा संलग्न सबै प्राविधिक जनशक्तिलाई अस्पताल आउन खबर गरिएको छ । बुधबार बिहान ११ बजेर ११ मिनेट जाँदा त्रिभुवन विमानस्थलबाट पोखरा जान लागेको सौर्य एयरको जहाज उड्नेवित्तिकै आगलागी हुँदा १८ जनाको मृत्यु भएको छ भने पाइलट मनिष शाक्य घाइते भएका छन् ।

मर्मतका लागि पोखरा लैजान लागिएको जहाजमा सौर्य एयरलाइन्सका कर्मचारीसहित १८ जना यात्रु र पाइलट मनिष शाक्य गरी १९ जना थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?