सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक
२९ असार, काठमाडौं । सरकार गठनको तयारीसहितका विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन बसिरहेको छ ।
शनिबार दिउँसो केहीबेर अगाडिदेखि बैठक केन्द्रीय कार्यालय सानेपामा बसिरहेको छ । कांग्रेस र एमाले मिलेर नयाँ सत्ता समीकरण बनाउने प्रक्रिया अगाडि बढेपछि कांग्रेसले सरकारमा सहभागितासहितको विषयका छलफल गर्न बैठक राखेको हो । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत नपाएपछि कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनको लागि दाबी पेश गरेका छन् । भोलि साँझ प्रधानमन्त्रीको नियुक्ति गर्ने तयारी छ । तर सरकारमा सहभागी हुने मन्त्री र मन्त्रालयको टुंगो दुवै दलले लगाइसकेका छैनन् ।
Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान



Post Comment