उपेन्द्र यादवले गरे जसपा नेपालको केन्द्रीय कमिटी घोषणा, २१५ सदस्यमा को-को परे ? (नामसहित)
२७ असार काठमाडौं । जनता समाजवादी पार्टी नेपालले २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ।
पार्टीको महाधिवेशनले अध्यक्ष उपेन्द्र यादवलाई निर्विरोध चयन गरेको थियो। अध्यक्ष यादवलाई बाँकी पदाधिकारी र सदस्य टुंगो लगाउने जिम्मेवारी दिएकाले सोहीअनुसार आज २१५ सदस्यीय केन्द्रीय समिति घोषणा भएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। अध्यक्ष यादवले ९ सदस्यीय कार्यकारिणी समिति समेत बनाएका छन्। पार्टीको विधानमा १५१ सदस्यीय समितिको व्यवस्था भएपनि यादवले २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका छन्। अध्यक्ष यादवले भनेका छन्,‘जनता समाजवादी पार्टी, नेपालको एकताको राष्ट्रिय महाधिवेशन २०८१ साल जेष्ठ २८, २९ र ३० गते जनकपुरधाममा सम्पन्न भयो ।
उक्त महाधिवेशनले जसपा, नेपालको विधान २०८० को (संशोधित) धारा १४१ (१) मा व्यवस्था भए बमोजिम राष्ट्रिय महाधिवेशनद्वारा महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको अध्यक्षलाई केन्द्रीय समिति / पदाधिकारी / कार्यकारिणी / सदस्य तथा केन्द्रीय निकायका पदाधिकारी र सदस्यहरूसमेतको मनोनयन गरी घोषणा गर्ने अधिकार प्रत्यायोजन गर्ने निर्णय गरिएको हुँदा सोही अधिकार र पार्टीको विधान २०८० को धारा ८७ (१) मा भएको व्यवस्था अनुसार समेत निर्णय गरी जनता समाजवादी पार्टी, नेपालको निम्न बमोजिम केन्द्रीय समिति गठन गरिएको छ ।’
निर्वाचन प्रक्रिया स्थगित गरी जसपा नेपालले महाधिवेशन हलबाट समिति टुंगो लगाउने जिम्मेवारी अध्यक्ष यादवलाई दिएको थियो।
को-को भए केन्द्रीय सदस्य ?
jasapa nepal
Post Comment