उपेन्द्र यादवले गरे जसपा नेपालको केन्द्रीय कमिटी घोषणा, २१५ सदस्यमा को-को परे ? (नामसहित)

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ २७, २०८१
|
|
२८ पटक हेरिएको
Shares
उपेन्द्र यादवले गरे जसपा नेपालको केन्द्रीय कमिटी घोषणा, २१५ सदस्यमा को-को परे ? (नामसहित)

सारांश

  • जनता समाजवादी पार्टी नेपालले २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ।
  • पार्टीको महाधिवेशनले अध्यक्ष उपेन्द्र यादवलाई निर्विरोध चयन गरेको थियो।
  • अध्यक्ष यादवलाई बाँकी पदाधिकारी र सदस्य टुंगो लगाउने जिम्मेवारी दिएकाले सोहीअनुसार आज २१५ सदस्यीय केन्द्रीय समिति घोषणा भएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

२७ असार काठमाडौं । जनता समाजवादी पार्टी नेपालले २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ।

पार्टीको महाधिवेशनले अध्यक्ष उपेन्द्र यादवलाई निर्विरोध चयन गरेको थियो। अध्यक्ष यादवलाई बाँकी पदाधिकारी र सदस्य टुंगो लगाउने जिम्मेवारी दिएकाले सोहीअनुसार आज २१५ सदस्यीय केन्द्रीय समिति घोषणा भएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। अध्यक्ष यादवले ९ सदस्यीय कार्यकारिणी समिति समेत बनाएका छन्। पार्टीको विधानमा १५१ सदस्यीय समितिको व्यवस्था भएपनि यादवले २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका छन्। अध्यक्ष यादवले भनेका छन्,‘जनता समाजवादी पार्टी, नेपालको एकताको राष्ट्रिय महाधिवेशन २०८१ साल जेष्ठ २८, २९ र ३० गते जनकपुरधाममा सम्पन्न भयो ।

उक्त महाधिवेशनले जसपा, नेपालको विधान २०८० को (संशोधित) धारा १४१ (१) मा व्यवस्था भए बमोजिम राष्ट्रिय महाधिवेशनद्वारा महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको अध्यक्षलाई केन्द्रीय समिति / पदाधिकारी / कार्यकारिणी / सदस्य तथा केन्द्रीय निकायका पदाधिकारी र सदस्यहरूसमेतको मनोनयन गरी घोषणा गर्ने अधिकार प्रत्यायोजन गर्ने निर्णय गरिएको हुँदा सोही अधिकार र पार्टीको विधान २०८० को धारा ८७ (१) मा भएको व्यवस्था अनुसार समेत निर्णय गरी जनता समाजवादी पार्टी, नेपालको निम्न बमोजिम केन्द्रीय समिति गठन गरिएको छ ।’

जसपा नेपालको महाधिवेशन अध्यक्षबाहेकका अन्य पदमा भने उम्मेदवारी परेको थियो। जसअनुसार १ सहअध्यक्ष पदका लागि ३ जना, ५ उपाध्यक्ष पदका लागि २३ जना, २ महासचिवका लागि ६ जना र ३ उपमहासचिवका लागि १३ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका थिए। ७ सचिव पदका लागि ३४ जना र १ कोषाध्यक्षका लागि ३ जनाको उम्मेदवारी परेको थियो।

निर्वाचन प्रक्रिया स्थगित गरी जसपा नेपालले महाधिवेशन हलबाट समिति टुंगो लगाउने जिम्मेवारी अध्यक्ष यादवलाई दिएको थियो।

को-को भए केन्द्रीय सदस्य ?

[pdf-embedder url=”https://press4k.com/wp-content/uploads/2024/07/jasapa-nepal.pdf” title=”jasapa nepal”]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुलबाट जिप नदीमा खस्दा तीन जनाको मृ*त्यु
पुलबाट जिप नदीमा खस्दा तीन जनाको मृ*त्यु
बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
रुकुमपश्चिममा चट्याङ लागेर एक महिलाको मृ*त्यु
रुकुमपश्चिममा चट्याङ लागेर एक महिलाको मृ*त्यु
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
सातै प्रदेशमा मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै
सातै प्रदेशमा मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै
दुईवटा संसदीय समितिको बैठक बस्दै 
दुईवटा संसदीय समितिको बैठक बस्दै 
वाइडबडी विमान खरिद प्रकरणः अख्तियार प्रमुख राईमाथि महाअभियोग लगाउन काँग्रेस सांसद पन्तको माग
वाइडबडी विमान खरिद प्रकरणः अख्तियार प्रमुख राईमाथि महाअभियोग लगाउन काँग्रेस सांसद पन्तको माग
‌बारा प्रहरी द्धारा रुपेशको मुख्य आरोपी सिंह पक्राउ
‌बारा प्रहरी द्धारा रुपेशको मुख्य आरोपी सिंह पक्राउ
धनकुटामा पिकअप गाडी दुर्घटना, १७ जना घाइते
धनकुटामा पिकअप गाडी दुर्घटना, १७ जना घाइते
वीरगन्ज भन्सारमा तालिमप्राप्त कुकुर परिचालन, एकवर्षमा ४२ करोड मूल्य बराबरको सामान बरामद
वीरगन्ज भन्सारमा तालिमप्राप्त कुकुर परिचालन, एकवर्षमा ४२ करोड मूल्य बराबरको सामान बरामद