सर्लाहीबाट बेहुली लिन लहान जाँदै गरेको बस धनुषामा दुर्घटना, १३ जना घाइते
१७ असार,सर्लाही । सर्लाहीबाट बेहुली लिन लहान जाँदै गरेको बस धनुषामा पल्टिँदा १३ जना घाइते भएका छन्।
गएराति सर्लाहीबाट जन्ती लिएर लहान जाँदै गरेको ना ५ ख ४४९२ नम्बरको बस पूर्वपश्चिम राजमार्गमा पर्ने धनुषाको गणेशमान चारनाथ नगरपालिका-८ पोर्ताहामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।‘राति ९ बजेतिर सडकमा हिँडिरहेका एकजना पैदल यात्रुलाई जोगाउन खोज्दा बस पल्टिएको हो,’ जिप्रका धनुषाका डीएसपी रन्जन अबाले भने, ‘दुर्घटनामा १३ जना घाइते भएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment