२६ जेष्ठ २०८२, आईतवार

अर्घाखाँचीमा आगो निभाउने क्रममा जलेर तीन जनाको मृत्यु। 

अर्घाखाँचीमा आगो निभाउने क्रममा जलेर तीन जनाको मृत्यु।

काठमाडौं। अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा जलेर तीन जनाको मृत्यु भएको छ ।

https://press4k.com/

हिजो दिउँसो भुमिकास्थान नगरपालिका २ तिरतिरे खोला गाउँका पदम वेल्वासेको घरमा लागेको आगो निभाउने क्रममा घाइते भएका भुमिकास्थान २ तिरतिरे गाउँका ७२ वर्षीय पिताम्बर वेल्वासे, ५५ वर्षीय पदम वेल्वासे र ५२ वर्षीय घनश्याम वेल्वासेको मृत्यु भएको हो ।

https://press4k.com/

घाइतेलाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा रेफर गरिएको थियो । पाल्पामा पनि उपचार हुन नसकेपछि काठमाडौँ रेफर गरिएकोमा बाटोमै मृत्यु भएको स्थानीय विष्णु वेल्वासेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?