सर्लाहीको बागमतीमा बस दुर्घटना, ३ जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ ६, २०८१
|
|
३७ पटक हेरिएको
Shares
सर्लाहीको बागमतीमा बस दुर्घटना, ३ जनाको मृत्यु

सारांश

  • सर्लाही बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको  सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
  • दुर्घटनामा अन्य १७ जना घाइते भएका छन् ।
  • पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिक–११, रायमाझी चोकमा रोकेर राखेको लरीमा यात्रीबाहक बस ठोक्किँदा रुपन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षका दशरथ कोहार र ५० वर्षका रामकरण केवटको मृत्यु भएको प्रहरीले जनाएको छ ।

६ असार, सर्लाही । सर्लाही बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको  सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १७ जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिक–११, रायमाझी चोकमा रोकेर राखेको लरीमा यात्रीबाहक बस ठोक्किँदा रुपन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षका दशरथ कोहार र ५० वर्षका रामकरण केवटको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनालगत्तै उद्धार गरी उनीहरुलाई हरिवनस्थित नमूना अस्पताल पुर्याएकामा चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए ।

रुपन्देहीबाट जनकपुरतर्फ आइरहेको बस दुर्घटना भएको हो । बसमा ४० जना सवार रहेका प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकाहरुको जनकपुर, वीरगञ्ज तथा स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वायु प्रदूषणका कारण उडानहरू प्रभावित
वायु प्रदूषणका कारण उडानहरू प्रभावित
मेलम्चीको पाइप फुटेर भेल पसेपछि विशेष अदालतको सुनुवाइ रोकियो
मेलम्चीको पाइप फुटेर भेल पसेपछि विशेष अदालतको सुनुवाइ रोकियो
कोशी सरकारले १४ वटै जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना गर्ने
कोशी सरकारले १४ वटै जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना गर्ने
चिकित्सा शिक्षा आयोगको छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि 
चिकित्सा शिक्षा आयोगको छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि 
आज तीन संसदीय समितिको बैठक बस्दै
आज तीन संसदीय समितिको बैठक बस्दै
एमाले काठमाडौंद्वारा ओलीको रिहाइको मागसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र
एमाले काठमाडौंद्वारा ओलीको रिहाइको मागसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र
कलंकीमा स्कुलभित्रै भ्यान दुर्घटना-सर्लाहीको एक छात्राको मृ*त्यु, प्रअसहित ७ जना घाइते
कलंकीमा स्कुलभित्रै भ्यान दुर्घटना-सर्लाहीको एक छात्राको मृ*त्यु, प्रअसहित ७ जना घाइते
धान रोपिरहेका बेला चट्याङ पर्दा ७ महिला घाइते
धान रोपिरहेका बेला चट्याङ पर्दा ७ महिला घाइते
काभ्रेको बाढी प्रभावित क्षेत्रमा पुगेर मन्त्री घिसिङले भने: पुनर्निर्माण चाँडै हुनेछ
काभ्रेको बाढी प्रभावित क्षेत्रमा पुगेर मन्त्री घिसिङले भने: पुनर्निर्माण चाँडै हुनेछ
गृहमन्त्रीको चेतावनी- बकबक गर्नेहरू ‘कन्फ्युजनमा’ नपरुन् यो क्रान्तिपछि बनेको सरकार हो
गृहमन्त्रीको चेतावनी- बकबक गर्नेहरू ‘कन्फ्युजनमा’ नपरुन् यो क्रान्तिपछि बनेको सरकार हो