Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

कक्षा १२ को परिक्षा आजदेखि, ४ लाख ६७ हजारले परीक्षा दिँदै। 

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २६, २०८०
|
|
५५ पटक हेरिएको
Shares
कक्षा १२ को परिक्षा आजदेखि, ४ लाख ६७ हजारले परीक्षा दिँदै। 

सारांश

  • कक्षा १२ को परीक्षा आज मंगलबारबाट सुरु भएको छ।
  • परीक्षा बिहान ८ बजेबाट सुरू हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए।
  • कक्षा १२ को यस वर्षको वार्षिक परीक्षामा देशभरबाट कूल चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थीले परीक्षा दिन लागेका बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए।

काठमाडौं। कक्षा १२ को परीक्षा आज मंगलबारबाट सुरु भएको छ। परीक्षा बिहान ८ बजेबाट सुरू हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए।

https://press4k.com/
कक्षा १२ को यस वर्षको वार्षिक परीक्षामा देशभरबाट कूल चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थीले परीक्षा दिन लागेका बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए।
https://press4k.com/
परीक्षाका लागि देशभर एक हजार चार सय ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ । उनले परीक्षाका लागि केन्द्राध्यक्ष, सह–केन्द्राध्यक्ष, निरीक्षक र सहायक नियुक्त गरी परीक्षाका लागि परिचालन गरिएको पनि बताए । ‘परीक्षाका लागि आवश्यक सामग्री जिल्ला जिल्लामा पुर्‍याइएको छ’, शर्माले भने । यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुने भएका छन्।                                                                                                                                                       उनीहरूले जति विषयमा कम नम्बर आएको थियो सोही विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ। तीन वा सोभन्दा बढी विषयमा ‘नन ग्रेडेड’ ल्याएका विद्यार्थीले यो वर्ष पूरै विषयको परीक्षा दिनुपर्ने भन्दै छ विषयकै परीक्षा फारम भरिए पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गरेसँगै अब नन ग्रेडेड ल्याएका विषयको मात्रै परीक्षा दिए पुग्ने भएको छ।
https://press4k.com/
https://press4k.com/

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

करदाता संख्या ८४ लाख माथि, सबैभन्दा धेरै व्यक्तिगत प्यान
करदाता संख्या ८४ लाख माथि, सबैभन्दा धेरै व्यक्तिगत प्यान
मन्त्रालयबाट हराएको गाडी चिठी लेखेको दुई दिनपछि श्रम मन्त्रालयमा आइपुग्यो,कस्ले लगेकाे थियाे ?
मन्त्रालयबाट हराएको गाडी चिठी लेखेको दुई दिनपछि श्रम मन्त्रालयमा आइपुग्यो,कस्ले लगेकाे थियाे ?
हट्यो तीनकुने क्षेत्रको कर्फ्यु
हट्यो तीनकुने क्षेत्रको कर्फ्यु
लुटपाटमा संलग्न गिरोहका चार भारतीयसहित ६ जना पक्राउ
लुटपाटमा संलग्न गिरोहका चार भारतीयसहित ६ जना पक्राउ
मकवानपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु
मकवानपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु
भिजिट भिसा प्रकरण : १० दिनमा ६६६ जनालाई विमानस्थलबाट फर्काइयो
भिजिट भिसा प्रकरण : १० दिनमा ६६६ जनालाई विमानस्थलबाट फर्काइयो
अझै भेटिएनन् आइतबार बिहान सुमोसँगै सुनकोसीमा खसेका ३ जना
अझै भेटिएनन् आइतबार बिहान सुमोसँगै सुनकोसीमा खसेका ३ जना
शिक्षामन्त्री पुनले दिए राजीनामा
शिक्षामन्त्री पुनले दिए राजीनामा
बालाजु र नागार्जुन नगरपालिका क्षेत्रमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु
बालाजु र नागार्जुन नगरपालिका क्षेत्रमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु
सार्वजनिक खरिद ऐनमा भएको असजिलो व्यवस्थाका कारण मल वितरण प्रक्रियामा ढिलाईः मन्त्री अधिकारी
सार्वजनिक खरिद ऐनमा भएको असजिलो व्यवस्थाका कारण मल वितरण प्रक्रियामा ढिलाईः मन्त्री अधिकारी