पहिरोले अवरुद्ध भएको मुग्लिङ सडक खुल्यो
३ असार, काठमाडौं । पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग पुनः सञ्चालनमा आएको छ ।
मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा सोमवार बिहानदेखि राजमार्ग अवरुद्ध बनेको थियो । इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले पहिरो पन्छाएपछि अहिले राजमार्ग दुईतर्फी सञ्चालनमा आएको जानकारी दिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment